गीतकार अधिकारीलाई एकैपटक दुई अन्तराष्ट्रिय अवार्ड

काठमाडौँ । पत्रकार एवं गीतकार लोकराज अधिकारीले एकैपटक दुईवटा अन्तराष्ट्रिय अवार्ड पाएका छन् । कतारको दोहामा भरखरै सम्पन्न ‘स्टार अफ किङ दोहा’ ले आयोजना गरेको पहिलो अवार्ड कार्यक्रममा गीतकार अधिकारीले चलचित्र शत्रु गतेको ‘रुपै मोहनी’ गीतबाट उत्कृष्ट चलचित्र गीतकारको अवार्ड  र ‘ब्यर्थै रहेछ बाचुन्जेल’ बोलको गीतबाट सुगम संगीततर्फको पपुलर गीतकारको अन्तराष्ट्रिय अवार्ड प्राप्त गरेकाे जानकारी दिए ।

गीतकार अधिकारीलाई कार्यक्रमका प्रमुख अतिथि कतारका लागि नेपाली राजदुत लक्ष्मण खनालले अवार्ड हस्तान्तरण गरे । युट्युबमा करिब तीन करोड भ्युज पाउन सफल भएको चलचित्र शत्रु गतेको गीत रुपै मोहनीबाट यसभन्दा अघि पनि चारवटा अवार्ड पाइसकेको उनले बताए । सोही कार्यक्रममा अधिकारीसँगै चर्चित गायक आनन्द कार्की, प्रकाश सपुत, नायक पुष्प खड्कालगायत कलाकारले अवार्ड प्राप्त गरेका थिए ।

यसैबीच गीतकार अधिकारीलाई नेपाली गीत संगीतमा राम्रो योगदान दिएको भन्दै ‘दाङ देउखुरी सेवा समाज कतार’ ले पनि सम्मान गरेको छ । दाङ जिल्लामै जन्मिएका गीतकार अधिकारीले पत्रकारिता क्षेत्र र गीत संगीतमा कलम चलाएर योगदान दिएबापत कतारमै पुगेको बेला सम्मान गरिएको उक्त संस्थाका सल्लाहकार वसन्तराज पुरिले जानकारी दिए ।

प्रतिक्रिया