प्रभु बैंकले थप्यो एक्स्टेन्सन काउण्टर

काठमाडौं । प्रभु बैंकले सेवा विस्तार गर्ने क्रममा झापा जिल्लाको दमक नगरपालिकास्थित मालपोत कार्यालय र ईलाम मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । दमकस्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको झापा मालपोत कार्यालयका कार्यालय प्रमुख चण्डिप्रसाद कोईलाले एक समारोहका विच उद्घाट्न गरे ।

त्यसैगरी ईलामस्थित मालपोत कार्यालय परिसरमा ईलाम मालपोत कार्यालय प्रमुख केशबकुमार ढकाल र कोष तथा लेखा नियन्त्रण कार्यालयका निमित्त कार्यालय प्रमुख डिकेन्द्र बहादुर थापाले संयुक्त रुपमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरको उद्घाटन गरे । प्रभु बैंकले १९३ वटा शाखा कार्यालय, १५२ वटा एटीएम तथा २६ वटा एक्स्टेन्सन काउण्टरहरु मार्पmत आधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया