रविकी श्रीमती निकिताले पनि दिइन्, तीन जनाविरुद्ध प्रहरीमा उजुरी

                                                                                   तस्वी: निकिताकाे फेसबुकबाट

काठमाडौँ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका न्युज २४ टेलिभिजन सिधाकुरा जनतासँगका सञ्चारकर्मी रवि लामिछानेकी श्रीमती निकिता पौडेलले पनि जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, प्रेस काउन्सीलका अध्यक्ष एवं जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध प्रहरीमा उजुरी दिन पुगेकी छन् ।

पत्रकार पुडासैनीको मृत्यु हुनुअघि रेकर्ड गरिएको भिडियो अनुसन्धान नसकिँदै सार्वजनिक गरेको र आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै उनले एसपी दानबहादुर मल्ल, किशोर श्रेष्ठ र संकेत कोइरालाविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत महानगरीय प्रहरी परिसर काठमाडौँमामा उजुरी दिएकी हुन् ।

मुलुकी अपराध संहिता २०७४ को दफा २७६ र ७७ अनुसार उजुरी दिएकाे निकिता पौडेलका अधिवक्ता राजेन्द्र सेढाईले जानकारी दिए । पुडासैनी मृत्यु प्रकरणमा रबि लामिछानेसहित रबिकै सहकर्मी युवराज कंडेल र ओखलढुंगाकी रुकु भनिने नर्स अस्मिता कार्की पनि चितावल प्रहरीमै हिरासतमा रहेका छन् ।

प्रतिक्रिया