अफगानिस्तानमा हवाई आक्रमण, १८ लडाकु मारिए

अफगानिस्तान । अफगानिस्तानको उत्तरी तखार प्रान्तको एस्कामिस जिल्लामा सरकारी फौजले गरेको हवाई आक्रमणमा १८ जना तालिबानी लडाकु मारिएका छन् । प्रान्तीय गभर्नरका प्रवक्ता मोहम्मद जवाद हाजिरीका अनुसार उक्त कारबाहीमा अरु १० जना घाइते भएका छन् ।

हाजिरीले विद्रोहीलाई समाप्त गर्न स्थल र हवाई दुबै कारबाहीलाई निरन्तरता दिइने जानकारी दिए । उनले अशान्त एस्कामिस जिल्लाका सयौँ गाउँलाई विद्रोहीको कब्जाबाट मुक्त गरिएको पनि बताए । सुरक्षा फौजको उक्त कारबाहीका बारेमा तालिबान समूहले कुनै प्रतिक्रिया जनाएको छैन ।

प्रतिक्रिया