अफगानिस्तानको पहिलो जित

काठमाडौं । अफगानिस्तानले एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा पहिलो जित हात पारेको छ । उद्घाटन खेलमा तुर्कमेनिस्तानसँग पराजित भएको अफगानिस्तानले बंगलादेशमाथि मंगलबार भएको पहिलो खेलमा ३–२ को सेटमा जित निकाल्यो । पहिलो सेटमा २५–२१ को जित दर्ता गरेको अफगानिस्तानले दोस्रो सेट भने गुमाएको थियो । दोस्रो सेटमा बंगलादेशले राम्रो कमब्याक गर्दै २५–१९ ले जित हात पार्दै सेट १–१ को बराबरीमा ल्याएका थिए ।

तेस्रो सेटमा पनि बंगलादेशले २५–१८ ले जित निकाल्दै २–१ को अग्रता बनाउन सफल भयो । चौथो सेटमा अफगानिस्तानले प्रतिस्पर्धात्मकरूपमा २५–२३ ले जित निकालेपछि खेलको नतिजा पाँचौँ सेटमा पुगेको थियो । पाँचौँ सेटमा भने अफगानिस्तानले बाजी मार्न सफल भयो । २–६ अंकको अग्रता बनाएको अफगानिस्तानमाथि बंगलादेशले अन्तिम समयसम्म दबाब कायम राखेको थियो । अन्तिममा बंगलादेशले पाँचौँ सेट १५–१२ ले सुम्पँदै पराजित भयो ।

बुधबार नेपाल मल्दिभ्सविरुद्ध जितको लक्ष्यसहित कोर्टमा उत्रिँदै छ ।  समूह ‘ए’ को पहिलो खेलमा कीर्गिस्तानसँग पराजित भएको नेपालले माल्दिभ्सलाई पराजित गर्न सकेन भने अन्तिम चारको ढोका उघ्रने छैन । माल्दिभ्स मंगलबार भएको खेलमा कीर्तिस्तानसँग पराजित हुँदा नेपाललाई अघिल्लो चरण प्रवेशका लागि जित्नै पर्ने दबाब रहेको छ । यता लिगका दुई खेलमध्ये दुवैमा सुखद नतिजा निकालेको कीर्गिस्तानले अन्तिम चारमा स्थान बनाउँदा नेपाललाई माल्दिभ्ससँगको खेल गर या मर बनेको हो ।

त्यसो त नेपाली टोली माल्दिभ्ससँग उच्च मनोबलका साथ पाहुना टोलीविरुद्ध खेल्नेछ । सेन्ट्रल जोनकै पाँच भेटमा तीनमा सुखद नतिजा हात पारेको नेपालले दुई खेल गुमाएको छ । हेड टु डेडमा बलियो देखिएको नेपाल पाहुना टोलीविरुद्ध जित निकाल्दै सुखद नतिजाको दुरी बढाउँदै अघिल्लो चरणलाई स्थान बनाउने लक्ष्यमा हुनेछ ।

प्रतिक्रिया