राधाकृष्ण रथयात्रा ७ भदौमा

विराटनगर । श्रीकृष्णाष्टमीको अवसर पारेर हुँदै आएको राधाकृष्ण रथयात्रा यसवर्ष पनि हुने भएको छ । राधाकृष्ण रथयात्रा समारोह समितिले विराटनगरमा मंगलबार पत्रकार सम्मेलनगरी ५२औँ रथयात्रा महोत्सवको तयारी अन्तिम चरणमा पुुगेको जनाएको छ । राधाकृष्ण भगवान्लाई रथमा राखेर नगर परिक्रमा गरिने रथयात्रामा नेपाल र भारतका गरी पाँच लाखभन्दा बढी भक्तजनको सहभागिता रहने समितिका अध्यक्ष बाबुुराजा ओझाले पत्रकार सम्मेलनमा जानकारी गराए । विसं। १९८८ देखि विराटनगरमा रथयात्रा सुुरु भएको हो ।

राधाकृष्ण मन्दिरबाट प्रारम्भ हुुने रथयात्रा मेनरोड, महेन्द्र चोक, धरानरोड तथा वरगाछी हँुुदै पुुनः मन्दिर परिसरमा आइपुुग्दा ४० स्थानमा विश्राम गर्ने र सात किलोमिटरको दुुरी साढे चार घन्टाको अवधिमा तय गर्ने समितिका अध्यक्ष ओझाले बताए । प्रदेश–१ को मात्र नभएर नेपालकै महत्वपूर्ण पहिचान बनाउन सफल राधाकृष्णको रथयात्रालाई भारतको जगन्नाथपुुरीमा हुुने रथपात्रापछि दोस्रो ठूलो रथयात्राको रूपमा चिनिन्छ ।

रथयात्रा भइरहेका अवस्थामा यसवर्ष पनि हेलिकोप्टरबाट पुुष्पगुुच्छा वर्षाइने आयोजक समितिले जनाएको छ । रथयात्रामा प्रयोग गरिने रथ पेगोडाशैलीमा वनाइएको छ । जसको लम्बाई २२ फिट, चौडाइ १४ फिट र उचाइ १८ फिट रहेको छ । यस रथको अग्रभाग जुुवाबाट ७५ फिट लम्बाइको दायाँ र बायाँ फैलिएको डोरिको लठ्ठा रहनेछ । यस वर्षको रथयात्रा श्रीकृष्णाष्टमीको भोलिपल्ट अर्थात ७ भदौका दिन तिनपैनीस्थित राधाकृष्ण मन्दिरबाट हुने समतिले जनाएको छ ।

प्रतिक्रिया