रवि लामिछाने पुनः अदालतमा पेश

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका न्युज २४ टेलिभिजन सिधाकुरा जनतासँगका पत्रकार रवि लामिछानेसहित युवराज कंडेल र अस्मीता कार्कीलाई पाँच दिन हिरासतमा राखेर दोस्रो म्याद थपका लागि  आज पुनः जिल्ला अदालत चितवनमा पेश गराइएको छ ।

अदालतले प्रहरीको अनुसन्धानलाई नियालेर उनिहरुलाई पुनः म्याद थप्न गर्न सक्नेछ । अदालतले हिरासत बाहिरै राखेर अनुसन्धान गर्ने अवस्था देखेको खण्डमा उनीहरु छुट्न सक्नेछन् । मृतक पुडासैनीकी पत्नी सम्झनाले पनि आइतबार काठमाडौँ प्रहरीरमा पुगेर लामिछानेसहित तीनजनाविरुद्ध किटानी जाहेरी दिएकी छन् ।

प्रतिक्रिया