लायन्स क्लवद्धारा बालबालिकालाई सहयोग

काठमाडौं । एकातिर तीज पर्वका अवशरमा महीना दिन सम्म भोज–भतेरमा रमाउने संस्कृति बढ्दै गएको छ भने अर्कोतिर केही जुझारु महिलाहरुले भोज–भतेरमा खर्च हुने रकम सामाजिक काममा खर्च गर्नुपर्ने सन्देश दिएका छन् ।

गत सोमबार लायन्स क्लव आफ् काठमाडौं देउराली क्लवले कान्ति बालअस्पतालमा उपचाररत बालबालिकालाई दुध, फलफूल तथा जुस वितरण गर्याे ।

साथै उपचारमा आर्थिक अभाव झेल्न वाध्य भएका बालबालिकालाई एकमुष्ट ५० हजार रुपैंया नगद प्रदान गरे । आरम्भ देउराली क्लवकी अध्यक्ष गीता शर्मा चापागाँइको संयोजकत्व तथा शुभारम्भ देउराली क्लवकी अध्यक्ष अञ्जु कार्की को सक्रियतामा उक्त कार्यक्रम भएको थियो ।

कार्यक्रममा लाइन्स क्लव अफ् काठमाण्डौ ३२५ बि वान कि गभर्नर इन्दु लमसाल, क्लब सदस्यहरु शान्ता पान्डे, कल्पना गिरि, कल्पना घिमीरे , दुर्गा के सीको पनि सहभागिता थियो । साथै यामकुमारी रानाभाट, भगबति सापकोटा, पुर्णीमा शर्मा (पुनम) वबिता कार्की शोभा पौडेल, जानुका अधिकारी लगायतले साथ दिएका थिए ।

प्रतिक्रिया