सिसिआरसी र साइपाललाई उपाधि

काठमाडौं । सिसिआरसी र साइपाल एकेडेमीले मोर्गन कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । सिसिआरसी ब्वाइज तथा साइपाल गल्र्समा च्याम्पियन बने । ब्वाइज फाइनलमा सिसिआरसीले टाइम्सलाई ६६–६२ ले पराजित ग¥यो । निर्धारित समयको खेल ५४–५४ को बराबरीमा सकिएको थियो ।

थप गरिएको ४ मिनेटमा सिसिआरसीले अग्रता लिदै उपाधि सुनिश्चित गरेको हो । सिसिआरसीका पवन खत्रीले ३२ अंक योगदान गरे । गल्र्सको उपाधि भिडन्तमा दृष्टि श्रेष्ठको १७ अंक सहयोगमा साइपालले आयोजक मोर्गन इन्टरनेसनल कलेजलाई ५२–३५ ले हरायो ।

ब्वाइज र गल्र्स दुवैमा फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय पवन र दृष्टि ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । विजेतालाई काठमाडौं महानगरपालिका वडा नं. ३ का अध्यक्ष दीपक केसी, मोर्गनका अध्यक्ष कुलप्रसाद चापागाईं र मोर्गनका प्रिन्सिपल डा. दीपेन्द्र भण्डारीले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगिताको ब्वाइजमा १९ तथा गल्र्समा ६ टिम सहभागी थिए ।

प्रतिक्रिया