जात्राको स्वरुप फेर्दै नयाँ पुस्ता

दैलेख । पुराना मेला महोत्सव तथा जात्रा लोप हुने अवस्थामा पुगेको वेलामा दैलेखका नयाँ पुस्ताले भने पुरानो संस्कृति बचाउँदै जात्रालाई नयाँ स्वरूपअनुसार सञ्चालन गरेका छन् ।

जिल्लामा चाडपर्व आउनसाथ विभिन्न ठाउँमा जात्रा लाग्ने गर्दछन् । त्यस्तै मध्यको एक जात्रा दुल्लु नगरपालिका–२ कोटाथालामा आइतबार सम्पन्न भएको छ । यो जात्रा प्रत्येक वर्षको १ भदौका दिन लाग्ने गरेकोमा पछिल्लो वर्ष लोप हुँदै जान थालेको थियो । जात्रालाई जीवन्त राख्न स्थानीय युवाको पहलमा दुल्लु नगरपालिका वडा–२ ले लोकगीत तथा लोक देउडा गीत आयोजना गरी मनाएको छ । यसले जात्रालाई झनै रौनक बनाएको छ ।

संरक्षणको अभावमा लोप हुन लागेका मौलिक कला संस्कृतिको संरक्षणमा दैलखका युवा जोगाउन अघि सरेका छन् । युवाको उक्त अभियानलाई स्थानीय सरकारले पनि साथ दिएको छ । विगतका वर्षमा लाग्ने जात्राभन्दा यो वर्षको जात्रा राम्रो भएको जात्रा हेर्न आएका स्थानीय बताउँछन्

युवामा पुराना संस्कृति संरक्षण गर्नुपर्छ, भन्ने भावनालाई स्थानीय सरकारले सहयोग गरेपछि हामीले कार्यक्रम आयोजना गर्ने हौसला बढेको स्थानीय युवा इन्द्रबहादुर कार्कीले बताए । नयाँ पुस्तामा आफनो संस्कार संस्कृतिमा चासो बढाएको उल्लेख गर्दै कार्कीले भने, ‘स्थानिय कला संस्कृति संरक्षणमा युवाको चासो बढ्नुले लोपोन्मुख संस्कृति संरक्षणको सकारात्मक पक्ष हो ।’

नाउँले कटुवालमा कटुवाल बसोवास रहेको गाई गोठालाले वर्षात् सकिएपछि डाँडामा गएर एक किमिको जात्राको आयोजना गरी आपूmसँग भएका सामग्री र बस्तुहरू साटासाट तथा बिक्रि वितरण गर्ने उद्देश्यले लगाउने गरेको यो जात्रा २ नं क्षेत्रको सबैभन्दा अग्लो स्थानमा रहेको र यस डाँडाबाट भारतका केही भू–भाग र राजापुर सहरसमेत देखिने जेठो जात्राका रूपमा लिने गरिन्छ ।

यस जात्रामा गाइने डाडी भाका लोकगीत देउडा, लोकगीत सबैको संरक्षण गर्दै उक्त जात्रा लाग्ने स्थानमा मन्दिर बनाएर व्यवस्थित गर्ने दुल्लु नगरपालिका–२ का वडाध्यक्ष लक्ष्छीराम थापाले बताए । नयाँ पुस्तालाई पुरानो कला संस्कृतिप्रति जिम्मेवार बनाउँदै त्यसको संरक्षणमा गम्भीरतापूर्वक लाग्न वडा–२ ले विशेष अभियान थालनी गरेको समेत उनले जानकारी दिए ।

प्रतिक्रिया