अझैं चेल्सी जितविहीन

एजेन्सी, लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लेस्टर सिटीसँग एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेको छ । नयाँ सिजनको पहिलो खेलमा गएको साता म्यानचेस्टर युनाटेडसँग ४–० को निराशाजनक पराजय ब्यहोरेको चेल्सीले घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा आइतबार अग्रता जोगाउन नसक्दा लेस्टरसँग अंक बाँडेको हो । यो बराबरीको नतिजाले चेल्सीका लिजेन्ट खेलाडी फ्य्रान्क लाम्पार्डले प्रशिक्षकको भूमिकामा जितको खुसी मनाउन कम्तीमा एक साता कुर्नुपर्ने भएको छ ।

प्रशिक्षकको रूपमा उनको यो पहिलो होम म्याच पनि थियो । खेलको सातौं मिनेटमै २० वर्षे इंग्लिस मिडफिल्डर मासोन माउन्टले गोल गरेपछि पहिलो हाफमा चेल्सीले अग्रता बनाएको थियो । तर, दोस्रो हाफमा विल्फ्राइड एनडिडीले बराबरी गोल फर्काएपछि बाँकी समयमा दुवैले गोल गर्न सकेनन् । ६७औं मिनेटमा एनडिडीले जेम्स म्याडिसनको कर्नरमा हेड गोल गरेका हुन् । सिजनको पहिलो खेलमा गएको साता लिसेस्टरले वुल्भ्ससँग बराबरी खेलेको थियो ।

आइतबारै भएको अघिल्लो खेलमा सेफिल्ड युनाइटेडले क्रिस्टल प्यालेसलाई पराजित गरेको थियो । चेल्सीका प्रशिक्षक फयांक लाम्पार्डलाई इङलिस प्रिमियर लिगमा जितको पहिलो स्वाद चाख्नका लागि अझै केही समय कुर्नु पर्ने भएको छ । यसअघि गत साता चेल्सी सिजनको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडसँग ४–० ले निराश भएको थियो भने बुधबार युएइफए सुपर कपमा लिभरपुललाई पेनाल्टी सुटआउटमा ५–४ को नतिजा सुम्पिएको थियो । खेलको सातौँ मिनेटमा मासोन माउन्टले गोल गर्दै चेल्सीलाई खेलमा अघि बढाएका थिए ।

तर ६७औं मिनेटमा वेल्फर्ड एनडिडीले बललाई जाली चुमाउदै लेस्टरलाई खेलमा फर्काएका थिए । टोली प्रशिक्षण सम्हालेयता घरेलु मैदान स्पाम्फोर्ड ब्रिजमा लाम्पार्डको यो पहिलो खेल थियो । यद्यपि, चेल्सीका सर्वकालिन गोलकर्ता लाम्पार्डले प्रिमियर लिगका लगातार सुरुआत दुई खेल गुमाउने प्रशिक्षक हुनबाट बने जोगिएका छन् । २१ वर्ष अघि जियानलुका भायालीको प्रशिक्षणमा चेल्सीले सिजनको सुरुआती दुई खेल गुमाएको थियो ।

तर चेल्सीबाट १३ वर्ष व्यवसायिक खेल जीवन बिताउँदै तीनपटक प्रिमियर लिग र एकपटक च्याम्पियन्स लिगको उपाधि जितेका लाम्पार्ड सामु प्रशिक्षकका रूपमा साही सफलता दोहो¥याउन क्लबको प्रदर्शनमा धेरै सुधार आवश्यक रहने भन्ने प्रष्ट भएको छ । खेलको पहिलो मिनेटमै चेल्सीले अग्रता लिने सुनौलो अवसर पाएको थियो । तर ओभिलर जिरौउडको पासमा पेड्रोले गरेको पं्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

त्यसलगतै लेस्टरका गोलकिपर कास्पर स्चेमेलले गोल माउन्ट र क्रिस्टियन पुलिसिचको प्रहार रोक्दै चेल्सीलाई निराश पारेका थिए । ‘खेलको सुरुआाती २५ मिनेटमा हामी पूर्णरूपमा हाबी थियौँ । खेलअवधिभर त्यही प्रदर्शन कायम राख्ने रणनीति हुँदा हुँदै पनि हामीले क्रमशः खेलमा आफ्नो नियन्त्रण गुमाउँदै गयाँै,’ लाम्पार्डले भने, ‘यो निराशाजनक प्रदर्शन हो । खेलको सुरुआतमा राम्रो प्रदर्शन ग¥यौ भन्दै हामीले छुट पाउदैनौँ ।स्वभाविक प्रदर्शन कायम राख्न नसक्नु कमजोरी हो ।’

लाम्पार्ड अर्को साता नर्विचविरुद्धको खेलमा सुखद नतिजाका साथ जितको स्वाद चाख्ने दाउमा छन् । तर, दोस्रो श्रेणीको टोलीलाई प्रशिक्षण दिएको मात्र एक वर्ष अनुभवका कारण पनि उच्च अपेक्षा राखेको चेल्सीलाई सफलता चुमाउनु लाम्पार्डका लागि सहज भने छैन । सरुवा बजारमा प्रतिबन्धका कारण नयाँ सिजन कुनै खेलाडी अनुबन्धन गर्न नपाएको चेल्सीका इडेन हाजार्ड रियाल मड्रिड गएका थिए भने रक्षक डेविड लुइस पनि आर्सनलमा अनुबन्धन भएका थिए ।

हामीले म्यानचेस्टर युनाइटेडजस्तो कठिन प्रतिद्वन्द्वीविरुद्धको खेलसँगै सिजनको सुरुआत ग¥याँै, जुन खेल हामीले गुमायौँ । साथै सुपर कपमा पनि हामी लिभरपुलसँग निराश भयौँ,’लाम्पार्डले भने, ‘आज लेस्टरविरुद्धभन्दा हाम्रो खेल युनाइटेड र लिभरपुलविरुद्ध उत्कृष्ट थियो । कुनै पनि नयाँ प्रशिक्षक क्लबमा आउना साथ टोलीले सुखद सुरुआत गर्छ भन्ने छैन । टोलीलाई क्रमिक सुधार गर्दै लैजाने हो । यो मेरै क्लब हो । जहाँ मैले लामो समय खेलेको छु । म केही निराश छु,’लाम्पार्डले थपे, ‘तर म समर्थकलाई धन्यवाद दिन चाहन्छु ।’

प्रतिक्रिया