हारबाट नेपालको सुरुआत

काठमाडौं । नेपाल एसियन सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा नै पराजित भएको छ । सोमबार भएको खेलमा नेपाल किर्गिजस्तानसँग ३–० को सोझो सेटमा पराजित भयो । लगनखेलस्थित आर्मीको प्रशिक्षण केन्द्रमा भएको खेलमा नेपाल किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भयो । उपाधिको बलियो दाबेदार किर्गिस्तानले नेपालमाथि सुरुवातदेखि नै दबाब बनाएको थियो । नेपाली टिमले पहिलो सेटमा खासै राम्रो खेल्न सकेन ।

नेपालले पहिलो सेट २३–२५ ले गुमाउन पुग्यो । दोस्रो सेटमा पनि नेपाल २२–२५ ले पराजित हुन पुग्यो । नेपालको खेल हेर्न पूरै कोर्ट भरिभराउ रहेको थियो । दोस्रो सेटमा पनि नेपालको स्पाइक र रिसिभमा समस्या देखिएको थियो ।  पछिल्लोपटक किर्गिस्तानविरुद्ध जित निकाल्न नसकेको नेपाल तेस्रो सेटमा भने पूरै दबाबमा देखियो । एक समय नेपाल १७–२२ ले पछि परेको थियो । तर त्यसपछि नेपालले दुई अंक जोड्दै १९–२२ मा पु¥याएको थियो । तर, अन्तिममा किर्गिस्तानले २५–२२ ले जित्न सफल भयो । यो जितसँगै किर्गिस्तान एक खेल अगाडि नै सेमिफाइनलमा प्रवेश गरेको छ ।

यसअघि साविक विजेता तुर्केमिनेस्तानले विजयी सुरुवात गरेको छ । आर्मी कभर्डहल लगनखेलमा सोमबार भएको पहिलो खेलमा तुर्केमिनेस्तानले अफगानिस्तानलाई ३–१ को सेटमा पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो सेट टाइब्रेकरमा ३२–३२ तुर्केमिनेस्तानले अग्रता बनाएको थियो ।

तर दोस्रो सेटमा अफगानिस्तानले उत्कृष्ट पुनरागमन गर्दै २५–१६ ले आफ्नो पक्षमा सेट पारेको थियो । तेस्रो सेट पनि प्रतिस्पर्धात्मक बन्दा तुर्कमिनेस्तानले ट्राइब्रेकरमा २७–२५ ले जित्दै २–१ को अग्रता बनायो । चौथो सेट पनि ट्राइब्रेकरमै २६–२४ ले आफ्नो पक्षमा पार्दै तुर्केमिनेस्तान पहिलो खेल जित्न सफल भयो ।

प्रतिक्रिया