नलाऊ नजर बैमानी

काठमाडौं । गीतकार डा. डिआर उपाध्यायको नयाँ गीत ‘नलाऊ नजर बैमानी’ सार्वजनिक भएको छ । गायक योगेशकाजी र शृंखला जोशीको आवाज रहेको उक्त गीतमा सागर अधिकारी ‘शरद’ को संगीत रहेको छ ।

निश्चल केसीले निर्देशन गरेको गीतको भिडियोमा शिशिर श्रेष्ठ र रियाशा दाहालको अभिनय छ । ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका छन् ।

यसअघि गीतकार उपाध्यायका ‘प्रणय’ ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’, ‘सहेली’, ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ जस्ता गीति एल्बम स्रोता÷दर्शकमाझ आएका छन् । त्यस्तै उनका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘बज्रघात’, ‘अपवित्र छायाँ’, ‘बिटुली’ ‘दगाबाज’ र ‘अधुरो प्रेम’ जस्ता उपन्यास पाठकमाझ आएका छन् ।

प्रतिक्रिया