निर्वाचनसम्म पदमा रहिरहन्छु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार पाँच वर्षे स्थायी भएको स्पष्ट पारेका छन् । उनले आगामी निर्वाचनपछि आपूm पदमा बसिरहन नचाहेको स्पष्ट पारेका हुन् ।

तत्कालीन नेकपा माओवादीसँग पार्टी एकता गर्दा आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने विषय उठिरहेका वेला प्रधानमन्त्रीले पाँच वर्ष टिक्ने स्पष्ट पारेका हुन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा सहमति भएको भन्दै यो कुरा बाहिर ल्याएका थिए ।

प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी चुनावपछि आपूmलाई प्रधानमन्त्रीमा रहिरहने मन नभएको बताए । उनले आफू पूरा अवधि प्रधानमन्त्री रहने दृढता व्यक्त गर्दै भने, ‘आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन ।

सरकार विरोध र आलोचनाको स्वागत गर्छ, तर, सरकारको संयमतालाई हेरेर केही तत्वहरू बढी हौसिएको देखिन्छ । प्रणाली उल्टाउँछु भन्ने, प्रगितमन ल्याउँछु भन्ने कुरा सरकारलाई सैह्य हुँदैन । प्रतिगामी सडकमा आए भन्दैमा अहिलेको सरकार भाग्छ, लगलग कामेको छ भन्ने नठाने हुन्छ । चिहानमा गएर हड्डी फुकेर व्यवस्था फर्काउँछु भनेर बेमौसमको बाजा नबजाए हुन्छ 

त्यसकारण, निर्वाचनसम्म धैर्य गर्न म साथीहरूलाई आग्रह गर्न चाहन्छु ।’ उनले जननिर्वाचित सबैको पद कुनै न कुनै दिन जाने बताए । ‘मैले सुन्दैछु, प्रधानमन्त्री पद जाने भो भनेर डराएर बसेको छ । यो गलत हो । मैले पद नगएको कोही देखेको छैन । कुनै न कुनै दिन जान्छ ।’ उनले पद गुम्छ कि भनेर आफू कहिल्यै नडराएको प्रष्ट पारे ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रविरोधी गतिविधिलाई निरन्तरता दिए त्यस्ता तत्वहरूलाई कारबाहीको दायरामा ल्याउने चेतावनीसमेत दिए । उनले सरकारको संयमयतालाई कमजोरी ठानेर नहौसिन पनि सचेत गराए । ‘सरकार विरोध र आलोचनाको स्वागत गर्छ, तर, सरकारको संयमतालाई हेरेर केही तत्वहरू बढी हौसिएको देखिन्छ’, प्रधानमन्त्रीले भने, ‘प्रणाली उल्टाउँछु भन्ने, प्रगितमन ल्याउँछु भन्ने कुरा सरकारलाई सैह्य हुँदैन । जनताको शासनविरोधी क्रियाकलाप गर्ने तत्वहरू नहौसिए हुन्छ ।’

प्रधानमन्त्रीले प्रतिगामीहरू सडकमा आए भन्दैमा अहिलेको सरकार भाग्छ भन्ने नठान्न पनि चेतावनी दिए । ‘प्रधानमन्त्री लगलग कामेका छन्, प्रधानमन्त्री जाने भए भनेको सुनेँ । पद नगएको राजा, महाराजा, प्रधानमन्त्री कोही छैन’, उनले अगाडि भने, ‘प्रतिगामी सडकमा आए भन्दैमा अहिलेको सरकार भाग्छ, लगलग कामेको छ भन्ने नठाने हुन्छ ।

चिहानमा गएर हड्डी फुकेर व्यवस्था फर्काउँछु भनेर बेमौसमको बाजा नबजाए हुन्छ ।’ उनको यो अभिव्यक्ति राजसंस्था फर्काउनुपर्छ भनेर विभिन्न समूहले चलाएका गतिविधिप्रति लक्षित रहेको थियो । पछिल्लो समय पूर्वराजावादीहरू विभिन्न गतिविधिमा संलग्न रहेर क्रियाकलाप गरिरहेका वेला प्रधानमन्त्रीले संसद््मै चर्को अभिव्यक्ति दिएका हुन् ।

उनले सरकारले अहिलेसम्म त्यो गतिविधि नपत्याएकाले छाडेको बताउँदै पत्याएका दिन लोकतन्त्र र गणतन्त्रका लागि सरकार मैदानमा उत्रिने स्पष्ट पारे । ‘अहिले सरकारले नपत्याएर हो, पत्याएका दिन गणतन्त्र, संघीयता र लोकतन्त्रको रक्षाका लागि सडक उत्रन्छ’, प्रधानमन्त्री ओलीको भनाइ छ । उनले नेकपाको वर्तमान सरकार कुनै सेन्टिमेन्टमा नबनेको स्मरण गराउँदै लोकतान्त्रिक विधिबाट बनेको पनि स्मरण गराए ।

पूर्वराजावादीलाई जवाफ दिएपछि प्रधानमन्त्री ओलीले सरकारले गरिरहेका केही काम कारबाहीका विषयमा जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीले केही भएन भन्दा पनि आर्थिक वृद्धिदर उच्च भएको, बाटो, पुल निर्माण तीव्र भएको बताए । ‘केही भएन भन्छन्, केही नहुँदा पनि ७ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ, अर्कोपटक ८ दशमलव ५ प्रतिशत पुग्छ, अर्को पटक ९ दशमलव ५, अर्को वर्ष ११ प्रतिशत पुग्छ, अझै केही भएन भन्नेले सजग गराएकामा धन्यवाद’, उनले अगाडि भने, ‘एक हजार चार सय किलोमिटर पिच भएको छ, तीन सय पुल बनाउँदा कम भयो भने पाँच सयवटा पुल बन्छन्, बाटोहरू चौडा बन्दैछ ।’

प्रधानमन्त्रीले मेलम्चीको ठेकेदार भागेपछि पनि सरकारले आफैँ काम गरिरहेको, राष्ट्रिय गौरवका आयोजनाहरूको प्रधानमन्त्री कार्यालयबाट प्रत्यक्ष अनुगमनको व्यवस्था मिलाइएको, नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि प्रधानमन्त्री र मन्त्रीहरूबीच सम्झौता भएको, मन्त्री र सचिवहरूको बीच समेत सम्झौता भएको जानकारी गराए ।

प्रधानमन्त्री ओलीले सिफारिस आउने वित्तिकै यसै साता सत्य निरूपण र बेपत्ता आयोग गठन हुने जानकारीसमेत गराए । ‘सरकारले आफ्ना प्रतिबद्धताहरू शीघ्रतिशीघ्र निरूपण गर्छ । द्वन्द्वको खाटाहरू अहिलेसम्म रहनु र चह¥याउनु राम्रो होइन’, उनले भने । प्रधानमन्त्री ओलीले छिट्टै अन्तरप्रदेश बैठक बोलाएर प्रदेशमा देखिएका समस्या समाधान गर्दै लगिने बताए ।

प्रतिक्रिया