सुनको मूर्ति भन्दै बेच्ने र किन्ने चारजना पक्राउ

पोखरा । कास्की जिल्ला प्रहरी कार्यालयले सुनको बुद्धमूर्ति भन्दै बेच्ने र र किन्ने चारजनालाई आज सार्वजनिक गरेको छ ।

दोलखा जिल्ला भीमेश्वर नगरपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–९ सिनामङ्ग बस्ने ५२ वर्षीय राज शिवाकोटी, गोरखा भीमसेन नपा– १ घर भई न्यूरोड बस्ने ३३ वर्षीय देवकुमार श्रेष्ठ र रामेछाप भङ्गेरी गाउँपालिका ३६ वर्षीय वसन्तबाबु श्रेष्ठले पोखरा महानगरपालिका–८ का पाराश्वर विश्वकर्माालाई सुनको भन्दै अन्य धातुबाट निर्मित बुद्धमूर्ति रु १३ लाखमा बिक्री गरेका थिए ।

प्रहरीले उनीहरुको साथबाट पहेँले धातुको बुद्धमूर्ति, ड्रिल मेसिन, सुनजस्तो देखिने पहेँलो धुलोसहित पक्राउ गरिएको प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया