बायर्नको मध्यम सुरुआत

एजेन्सी, स्पेन । डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख जर्मन बुन्डेस लिगाको पहिलो खेलमा बराबरीमा रोकिएको छ । रोबर्ट लेवान्दोस्कीले दुई गोल गर्दा हर्थाविरुद्ध बायर्नले गुमाइसकेको अंक खोस्न सफल भएको हो ।  बायर्नको मैदान एलिनाज एरेनामा भएको खेलमा रोबर्ट लेवान्दोस्कीको पेनाल्टी गोलमा बुन्डेस लिगाको साबिक विजेता बार्यन म्युनिखले शनिबार नयाँ सिजको पहिले खेलमा हार संकट टारेको छ । शुक्रबार भएको सिजनको पहिलो खेलमा बार्यन हार्था बर्लिनसँग २–२ को बराबरीमा रोकिएको हो ।

दोस्रो हाफमा टोलीको उद्धार गरेका लेवान्दोस्कीले हार्थालाई भाग्यले साथ दिएको बताए । गत सिजन ११ औँ स्थानमा बसेर सिजनको अन्त्य गरेको हार्था लेवान्दोस्कीकै गोलमा पछि परे पनि पहिलो हाफमा लगातार दुई गोल गर्दै अप्रत्यासित अग्रता लिएको थियो । लेवान्दोस्कीले गोल गर्दै टोलीको हार टारेका थिए । ‘हामीले खराब खेलेका होइनाँै । उनीहरूले केही मात्र राम्रो सट प्रहार गरे । उनीहरू भाग्यमानी रहे,’ लेवान्दोस्कीले भने, ‘सिजनको पहिलो खेल अनि बराबरीको नतिजा खराब सुरुआत भने पक्कै होइन । हामीले राम्रो खेल्दा खेल्दै पनि नतिजा आफ्नो पक्षमा पार्न सकेनौँ ।’

गत सिजन घरेलु प्रतियोगितामा दोहोरो उपाधि जितेको बार्यनले दुई साताअघि जर्मन सुपर कपमा बोरुसिया डर्टमन्डलाई २–० को नतिजा सुम्पिएको थियो । २४औँ मिनेटमा जोस्वा किमिचको पासमा लेवान्दोस्कीले बललाई जाली चुमाउँदा बार्यनले अग्रता लिएको थियो । तर, हार्थाले ३ मिनेटको अन्तरमा २ गोल गर्दै अप्रत्यासित अग्रता लिएको थियो ।

३६ औँ मिनेटमा डोडी ल्युकबाकोईको गोलमा अ‍ेलमा फर्किएको हार्थालाई त्यसको ३ मिनेटपछि नै मार्को ग्रुजिचले अग्रता दिलाएका थिए । खेल सकिन ३० मिनेट बाँकी हुँदा लेवान्दोस्कीले पेनाल्टीको सदुपयोग गर्दै बार्यनलाई खेलमा फर्काएका थिए ।

प्रतिक्रिया