मोडलिङमा जम्दै विशाल

दैलेख । दैलेखमा लामो समय पत्रकारीता गर्दै आएका विशाल सुनार पछिल्लाे समय तिज गीतको अभिनयमा जम्दै छन् । पछिल्लो समय दैलेख जिल्लाको धार्मिक स्थल बेलासपुर मन्दिर परिसरमा छायांकन भएको तिज गीत ‘झुम्का लगाइदेउ’ को भिडियोमा अभिनय गरेका विशाल यतिबेला सामाजिक सञ्जाल र प्रत्यक्ष बधाई थाप्न ब्यस्त छन् ।

‘मैले गाउँछु उनले नाच्छिन् जोडि मिल्यो हाम्रो, अरु भन्दा मेरो लागि मेरै बुढी राम्रो’ जस्ता शब्दले भरिएको तिज गीत स्थानिय स्तरमै तयार पारिएको हो । आफ्नै मोलिकतामा रहेको महेन्द्र शाही राष्कोटी र प्रतिमा विश्वकर्माको आवाजमा रेहेको उक्त गीत बजारमा आएसँगै चर्चा पनि बटुल्दै आएको छ ।

स्थानिय स्तरमा तयार पारिएको र स्थानिय कला सांस्कृतिकै जर्गेना गर्ने उद्देश्यले स्थानिय स्तरमै भिडियो पनि निर्माण गरिएको गाएक शाहीले बताए । गीतको भिडियोमा आशा शाही र विशाल सुनारको अभिनय रहनुका साथै मान बहादुर ओलीले सम्पादन गरेका छन् ।

प्रतिक्रिया