कर्णाली राजमार्गमा लडेर एकको मृत्यु

दैलेख । कर्णाली राजमार्गबाट लडेर एक जनाको मृत्यु भएको छ। दैलेख पश्चिमको आठबिस नगरपालिका वडा नम्बर ४ कुन्टाका विष्णु माझीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कर्णालीका इन्चार्ज विष्णु गिरीले जानकारी दिए।

प्रहरीले शनिबार बिहान कर्णाली राजमार्गको डाडाआँपखोला नजिकै उनलाई मृत अवस्थामा फेला पारेको थियो ।

माझी शुक्रबार रातिनै लडेको प्रहरीका प्रारम्भिक अनुसन्धानबाट देखिएको इन्चार्ज गिरीले बताए । उनका अनुसार माझी सडकभन्दा करिब ४० मिटर तल खसेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया