ओपिएस अन्तर स्कुल क्विज सम्पन्न

काठमाडौं । अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर काठमाडौंले आयोजना गरेको ओपिएस अन्तर स्कुल ‘फ्रेन्डसीप क्विज कन्टेस्ट २०७६’ सम्पन्न भएको छ । उपत्यकाका जम्मा २१ वटा विद्यालयहरूले सहभागिता जनाएको कार्यक्रममा लोकसेवा आयोगको परीक्षाको शैलीमा प्रथम पटक प्रतिस्पर्धा गराइएको थियो । उक्त छनोटमा परेका उत्कृष्ट आठ टिमबीच दोस्रो चरणको प्रतिस्पर्धा गराइएको थियो ।

विद्यालयका निर्दे्रशक डिबी निरौलाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. सिद्धिप्रसाद कोइराला तथा सदस्य वरिष्ठ कलाकार मदनदास श्रेष्ठको समेत उपस्थिति रहेको थियो । हाजिरी जवाफ प्रतियोगितामा विजेता विद्यालयहरू क्रमशः प्रथम वृहस्पति विद्या सदनले २० हजार) नगद, ह्विज किड्स माविले दित्तीय १० हजार नगद, केएमसी माविले तृतीय ८ हजार नगद र सान्त्वना ब्राइट फ्युचर स्कुलले २ हजार नगदसहित सिल्ड, ट्रफी तथा प्रमाण पत्र प्राप्त गरेका थिए ।

प्रतिक्रिया