रिलायन्स लाइफले आइपिओ निष्काशन गर्ने

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले शुक्रबार दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष ताराचन्द केडियाले साधारण सभामा आव २०७४/७५ को वार्षिक प्रतिवेदन पेश गरेका थिए । सभाले सञ्चालक समितिको आव २०७४/७५ को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको आव २०७४/७५ को वासलत, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू, आव २०७५/०७६ को लागि लेखा परीक्षक नियुक्ति गर्ने र निजको परिश्रमिक निर्धारण गर्ने तथा सर्वसाधारणका लागि सेयर (आइपीओ) निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।

सिद्धार्थ बैंक लिमिटेडलगायत नेपालका केही प्रतिष्ठित घरानाहरूद्वारा प्रवद्र्धित रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले २०७४ मंसिर १ गतेदेखि जीवन बिमा व्यवसाय सञ्चालन गर्दै आएको छ । हाल ८८ वटा शाखा र उपशाखा कार्यालयहरूबाट सेवा प्रदान गर्दै आएको छ । कम्पनीको अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब १० करोड रहेकोमा जारी पूँजीको ३० प्रतिशतको हुन आउने रकम ६३ करोड बराबरको सेयर कम्पनीले सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने जनाएको छ । कम्पनी सञ्चालक समितिको अध्यक्षमा केडिया सहित अन्य सञ्चालकहरूमा भरतकुमार तोदी, जगदीशकुमार अग्रवाल, अमितकुमार बेगानी र सुन्दरप्रसाद कडेल रहेका छन् ।

प्रतिक्रिया