पाटेकरले पाँच सय घर बनाउने

मुम्बई । भारतको महाराष्ट्र राज्यमा यस वर्षको बाढीले ठूलो जनधनको क्षति पु¥याएको छ । विशेषगरी पश्चिम महाराष्ट्रका विभिन्न जिल्लामा बाढीबाट प्रभावित बनेका छन् भने कयौँ मानिसको घर तहसनहस भएको छ ।

यसैबीच बलिउड अभिनेता नाना पाटेकरले यिनै बाढीपीडितका लागि पाँच सय घर बनाउने घोषणा गरेका छन् । उनले आफ्नै नाममा खोलिएको नाना पाटेकर नामक सामाजिक संस्थामार्फत घर बनाउने भएका हुन् ।

उनले शिरोलका बाढीपीडितलाई भेटेर यस्तो घोषणा गरेका हुन् । उनले भने, ‘चिन्ता नलिनुस् । एकपटक तपाईंलाई छत मिलेपछि ठीक हुनेछ । सरकारले हामीलाई केही रकम दिएको छ । नाम फाउण्डेसनले पैसा जम्मा गर्दै छ । जे गर्न सकिन्छ हामी गरिरहेका छौँ । हामी एकसाथ काम गरिरहेका छौँ । कयौँ मानिसहरू आफै आएर सहयोग गरिरहेका छन् ।’

केही दिनअघि अर्का बलिउड अभिनेता रितेश देशमुख तथा अभिनेत्री जेनेलिया देशमुखले महाराष्ट्रका बाढीपीडितलाई २५ लाख भारू सहयोग गरेका थिए । उनीहरूले मुख्यमन्त्री राहत कोषलाई उक्त रकम प्रदान गरेका थिए ।

अभिनेता पाटेकरले शिरोलमा आएर यहाँको अवस्था बुझेपछि हामीले पाँच सय घर बनाउने निर्णय गरेको बताए । उनले भने, ‘सरकारको आफ्नै सीमा छ । त्यसकारण पनि बाढीपीडित नागरिकको पुनर्बासका हामीले लागि कोसिस गर्नुपर्छ ।’

प्रतिक्रिया