नेपाली कलामा लोक संस्कृतिको प्रभाव

नेपाल प्राचीनकालीन संस्कृतिले भरिपूर्ण मुलुक हो । यहाँ प्राचीनकालदेखि नै अनेकन कला परम्परा चलिआएको इतिहास छ । तिनै कलाको जगमा नेपालको सांस्कृतिक, ऐतिहासिक, राजनीतिक एवं सामाजिक जनजीवनका विविध पाटोलाई अहिले हामीले कलाइरहेका छौं ।

कला मानव संस्कृतिको उपज हो । यो मानवीय सौन्दर्य भावनाको परिचायक पनि हो । यहाँको कला तथा संस्कृतिमा लोककलाको अनौठो समन्वय देखिन्छ । लोककला हाम्रो देशमा लोकपरम्पराको दर्पणको रूपमा आएको छ । जो विभिन्न रीतिरिवाज, उत्सव, रहनसहन, धर्म, संस्कृतिमा सजिलै देख्न सकिन्छ । साथै विभिन्न जातजाति, समुदाय तथा क्षेत्रमा विविध रूपका लोककला देख्न सकिन्छ । जसलाई विभिन्न नामबाट चिनिन्छ । जनसामान्यको दैनिकजीवनमा रचनात्मकरूपले अभिव्यक्त हुने कलालाई लोककला भनिन्छ ।

यिनै कलाले जनसामान्यको अभिव्यक्तिको पारम्परिक आधार प्रदान गर्छ । यसप्रकारको अभिव्यक्तिमा उल्लास, हर्ष, विश्वास, वेदना, प्रेम, श्रद्धा आदिको भावाभिव्यक्त हुने गर्छ । लोककलाको विकासको उद्देश्य जनहिताय हुने गर्दछ । यस्ता कलामा सामुदायिक मनोभाव अभिव्यक्त गरिन्छ । त्यसैगरी मानिसको दैनिक जीवनमा प्रयोगमा ल्याइने वस्तुको साजसज्जाद्वारा चित्ताकर्षक ढंगले बनाउने प्रयास गरिन्छ । विभिन्न धार्मिक कार्यक्रममा आफ्नो इष्टको रचनात्मक अभिव्यक्तिको माध्यमले प्राप्त गर्ने प्रयास गरिन्छ ।

यस अतिरिक्त समुदायमा मनोरञ्जनको भावना, लौकिक सन्देश तथा धार्मिक परम्परा, धार्मिक विश्वास, रीतिरिवाज पुस्तान्तरण गरी एक पुस्ताबाट अर्को पुस्तामा पु¥याउनको लागि पनि लोककलाको उत्पत्ति भएको मानिन्छ । यति मात्र होइन, परापूर्वकालदेखि नै लोककलाको उद्देश्य आफ्नो वातावरणमा रचनात्मकरूपले सजगता ल्याउनु रहिआएको छ । तसर्थ यो सामान्य जनकला पनि हो ।

सेतो रङ पवित्रता, स्वच्छता, शान्ति र तेजस्विताको प्रतीक हो । कालो रङ प्रकाशहीन, उत्तेजनाहीन, शोक, भय, पाप, निराशाको प्रतीक हो । यसप्रकार लोकसंस्कृतिमा कला मानवको सहचरीको रूपमा सधैसँग रहिआएको छ

त्यो कला जसको अभिव्यजनबाट सुकुमारता र सौन्दर्यको अपेक्षित हुन्छ र जसको सृष्टि मुख्यतः मनोविनोदको लागि हुने गर्छ । सौन्दर्यानुभूति व्यक्त हुने कलालाई, ललितकला भनिन्छ । जस्तोकि (गीत, संगीत, नृत्य, नाटक, तथा विभिन्न प्रकारका चित्रकला) यसमा विभिन्न माध्यमको प्रयोग पुस्ता दरपुस्ता हुँदै आइरहेको हुन्छ । जो हाम्रो जीवन्त परम्परा बन्न पुगेका छन् ।

ललितकलालाई व्यावसायिक कलाभन्दा भिन्न मानिएको छ । किनकी, आधुनिक कला (मोर्डन आर्ट) को सुरुआती काल खण्डमा कलाको लागि समाजको परिपेक्ष्यमा कुल मूल्यलाई आधार मानेर समसामयिक आवश्यकता र रुचिलाई उजागर गरिएको छ । जसबाट कलाको सन्दर्भमा मान्नुपर्ने वैचारिक धाराको मान्यतालाई बढावा मिल्दै जान सकोस् । जबकी कला विचारकले कलाको लागि मापदण्ड निर्धारित नगरेर कलाको विषय, सौन्दर्यावलाई नै धेरै महत्व दिएका छन् ।

गीत, संगीत, नृत्य वा नाटक मञ्चन इत्यादि ललितकलासँगको विरोधाभाष यसकारण पनि बढेर जान्छ कि ललितकलामा मात्र पारम्परिक कलाको चित्रणमात्रै नगरी निस्पादन कलाको सँगसँगै लेखनकला पनि यसै फाइन आर्टको महत्वपूर्ण हिस्सा हो ।

दैनिक जीवनको यिनै उपयोगी वस्तुको निर्माण यद्यपि ललितकलाको लक्ष्यबाट नभए पनि सामूहिक जीवनको कलाप्रियताको अंश हामीलाई यसमा दृष्टिगोचर हुन्छ । तसर्थ, यसलाई कलात्मक वस्तुभन्दा गलत हुँदैन । सभ्यताको विकासको सँगसँगै मानवले आफ्नो निर्मित चिजबिजमा उपयोगी धारणालाई नछोडी उसको कलाप्रियताले आफ्नो प्रवाहशीलताद्वारा केही मात्रामा भए पनि त्यसलाई ललितकलाको लागि सुन्दर उपादान बनाई प्रस्तुत ग¥यो ।

यो आधुनिक युगको देन हो कि जहाँ कला एकातर्फ सामूहिक नभएर व्यक्तिगत भयो, अर्कोतर्फ उसको उपयोगिता कला, कलाको लागि हो, यिनै उद्देश्यसँगै बढ्यो, यो अर्को वाद, वाद हो कि अनुपयोगी कलाको प्रभाव पनि हाम्रो वस्तुमा प¥यो र एकप्रकारले त्यसले सामूहिक रूप लियो । अध्ययन गर्दा मोहनजोदाडोको विभिन्न धातुको मूर्तिबाट त्यस कालको स्तर दृष्टिकोण एवं गुण हामीलाई स्पष्ट परिलक्षित हुन्छ र यसैगरी हामी धातु मूर्तिमा हेर्छौ, जुन दशौँ शताब्दीमा प्रचुर मात्रामा बन्न प्रारम्भ भैसकेको थियो । तसर्थ, तत्कालीन मूर्ति सबै गुनबाट परिपूर्ण हुन जो उच्चकोटिको मूर्तिमा हुनुपर्ने हुन्छ । यसैगरी काँसको मूर्तिहरूको भावपूर्ण गतिशीलतामा हामी परम्परगत कला सौन्दर्यको सबै लक्षणको सँगसँगै आधुनिक मापदण्डबाट सर्वगुण सम्पन्न पाउँछौ ।

सबै कलाजस्तै धातु र काठको मूर्ति पनि विदेशी राज्यको भिन्न दृष्टिकोणका कारण र उचित संरक्षण तथा प्रोत्साहनको अभावमा निर्जीव र रुढिग्रस्त भैसकेको छ । कतै लोप भयो त कतै उसको कुशल कारिगरले जीवन निर्वाहको लागि अरू काम गर्न बाध्य भए । शिक्षित कलाकारले पनि विदेशी कलाको अनुसरण गरे । तर, पनि आज आएर फेरि आफ्ना वैभवशाली कलातिर ध्यानाकर्षण गरिनुपर्ने भएको छ । पछिल्लो समय कलाकारले काष्ठ, धातु तथा प्रस्तर मूर्तिकलालाई आफ्नो माध्यम बनाइ नेपाली परम्परागत शैलीमा अन्तर्राष्ट्रियस्तरको कलादृष्टिको सुन्दर समन्वय पाउँछौ ।

प्रत्येक माध्यमको आफ्नो स्वतन्त्र गुण हुन्छ जो अरू माध्यममा हामी पाउँदैनौ । धातुमूर्ति काष्ठजस्तो र काठको मूर्ति पत्थर, सिमेन्ट अथवा धातुजस्तो न लागि उसको अन्तरहित गुणलाई पहिचान गरी माध्यमको अनुकूल रङ रूपलाई ध्यानमा राखी कलाकारले आफ्नो कृतिको कल्पना गरेको हुन्छ । उसको गोपनीय सौन्दर्यलाई उन्मिलित गरी, जसले उतारचढाव, रेखा इत्यादिको समिश्रणले एउटा मौलिक रचनाको निर्माण होस, यही आधुनिक कलाकारको ध्येय र उद्देश्य हो ।

कलाअन्तर्गत चित्रकला, स्थापत्यकला, मूर्तिकला, हस्तकला प्रमुख हो र सबै कलाको कलात्मक अभिव्यक्तिको दृष्टिले नेपाली जनजीवनमा मात्र प्राग्ऐतिहासिक युगदेखि आज वर्तमानमा पनि यसको विशेष महत्व दृष्टिगोचर हुन्छ ।

लोकसंस्कृतिको महत्वपूर्ण भाग हो लोककला । यो संस्कृतिको पहिचान हो । जहाँसम्म नेपाली लोकसंस्कृतिको कुरा हो यसमा लोककलाको विशेष महत्व छ । कलाको प्रायोजन अभिव्यक्ति, यश प्राप्ति, हृदय तत्वको प्रधानता, धनोपार्जन, सेवा, आनन्द प्राप्ति, विश्व कल्याण आदि हुनसक्छ ।

लोकसंस्कृतिमा चित्रको प्राचीनता, भाषाभन्दा प्राचीन हो । लोकसंस्कृतिमा विभिन्न रङको प्रयोग हुन्छ । यो रङ मानव मनको भावनालाई व्यक्त गर्छ । जस्तोः पहेलो रङ प्रसन्नतादायक, यश, दिव्यता, सूर्य, प्रकाश आदिको प्रतीक हुन्छ । रातो रङ सर्वाधिक उत्तेजक र आकर्षक, सक्रिय तथा आक्रमक सँगसँगै सौभाग्यको प्रतीक र महिलामा लोकप्रिय हो । निलो रङ शान्ति, माधुर्य, इमानदारी, आशा र लगनको प्रतीक हुन्छ । हरियो रङ तटस्थ र ताजापनको प्रतीक हुन्छ ।

भटा (बैगनी) रङ राजसी रङ हो र समृद्धि, वैभव तथा शौर्यको प्रतीक हो । सेतो रङ पवित्रता, स्वच्छता, शान्ति र तेजस्विताको प्रतीक हो । कालो रङ प्रकाशहीन, उत्तेजनाहीन, शोक, भय, पाप, निराशाको प्रतीक हो । यसप्रकार लोकसंस्कृतिमा कला मानवको सहचरीको रूपमा सधैसँग रहिआएको छ ।

संस्कृतिको नियम शास्वत हुन्छ, जसले जीवन पद्धतिको मार्गलाई प्रशस्त गर्छ । त्यो समयको विशिष्ठ जीवन व्यतित गर्ने चेतना प्रदान गर्छ, परिणामस्वरूप हामी पाउँछौँ । देश, समाज, प्रदेश अथवा रज्य एउटा विशिष्ट संस्कृतिको लागि जानिन्छ । संस्कृति के हो ? यसको जानकारी अपरिहार्य हो । सामान्यतया सभ्यता र संस्कृतिको पर्यायवाची मानेर विचार गर्ने भ्रान्तिपूर्ण प्रवृत्ति देखिन्छ ।

संस्कृतिको तात्पर्य त्यो सिद्धान्तसँग छ, जो समाजमा निश्चित प्रकारको जीवन व्यतीत गर्ने प्रेरणा दिन्छ । हाम्रो जीवनमा जुन मानसिक अवस्था, मानसिक प्रवृत्ति हो त्यो जीवनलाई परिष्कृत, शुद्ध, पवित्र बनाउनु नै संस्कृति हो ।

प्रख्यात इतिहासकार एमसी वर्किटको अनुसार ‘कुनै देश अथवा जातिको संस्कृति विकासको पूर्ण ज्ञानप्राप्त गर्नका लागि त्यो संस्कृति भित्रका कलालाई जान्नु आवश्यक हुन्छ । यसको माध्यमले त्यो कलाको सभ्यता, संस्कृतिलाई जान्न सकिन्छ ।’

वर्तमानमा नेपाली लोककला अन्तर्राष्ट्रियस्तरमा स्थापित भई लोकप्रिय बनेको छ । किनकि, हामीकहाँ अनेकतामा एकताको सँगसँगै आध्यात्मिकताको भाव जोडिएका कलाको प्रचुरता बढी नै छ । यसमा सदासर्वदा मानव कल्याणको भाव प्रमुखरूपले रहने गरेको छ । सर्वे भवन्तु सुखिनः को भाव लोकसंस्कृतिको आधार हो ।

नेपाली संस्कृति मुलतः आध्यात्मिक हो । आध्यात्मिकतामा सेतो रङको विशेष महत्व हुन्छ, जसको चर्चामाथि गरिसकेको छ । सेतो रङ पवित्रता र शान्तिको प्रतीक हो, नेपाली संस्कृति मुलतः आध्यात्मसँगै उत्सवधर्मितालाई पनि समावेश गरिएको छ । यसरी प्रसन्नदायक पहेलो रङको हिन्दू लोकसंस्कृतिमा विशेष स्थान दिइएको छ ।

यसरी नेपाली लोकसंस्कृतिमा रङ संयोजन मानवको मनोभाव अनुरूप उल्लास, अध्यात्मको सहज अभिव्यक्ति हो । जो चित्रमा अभिव्यक्त हुन्छ । जहाँसम्म चित्रकलामा रङ, रेखा तथा चित्र परम्परा एक अर्कासँग सम्बद्ध हुन्छन् । आकार एवं रङ, प्रकृतिको अनन्तरूपमा अत्यन्त महत्वपूर्ण हुन्छ । यदि आकारमा रूपात्मकता छ भने रङ आकर्षक हुन्छ नै । जब एउटा चित्रकारले एउटा सुन्दर चित्रको परिकल्पना गर्दा रूपाकारको सँगसँगै रङको विचार पनि उसको मनमा आउने गर्छ । विभिन्न रङको प्रयोगले चित्रकार चित्रमा सौन्दर्यको सृष्टि गर्छ ।

चित्रकलामा चित्रकारको भावाभिव्यक्ति प्रदर्शित गर्ने माध्यम तुलिका एवं रङ नै हुन्छ, जसको माध्यमले आफ्नो मनोभावको अभिव्यक्ति गर्ने गर्छ । कलामा आध्यात्म छ, कलामा रस छ, कलामा सौन्दर्य छ । कला आध्यात्म, रस, सौन्दर्यको संगम हो । रङको माध्यमले साकार प्रकृतिलाई हामी निराकार रूपमा रङ्गन गर्न सक्छौँ ।

नेपाली चित्रकला आज अन्तर्राष्ट्रियस्तरमा लोकप्रिय भैसकेको अवस्थामा मिथिला लोककला, नेवारी लोककला आफ्नो प्रादेशिक घेराबाट बाहिर निस्केर विश्वको अनेक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाबजारमा आफ्नो ठाउँ बनाइ नेपाली कलाको शिर ठाडो गरेको छ । यसको भविष्य उज्ज्वल छ, आउने समयमा कलाकारलाई आजको व्यापारिक दौडमा रोजगारको राम्रो अवसर प्राप्त छ र हुँदै जानेछ । व्यावसायिक दृष्टिकोणले अनेक कलादीर्घामा चित्रका विविध रूप हेर्न सकिन्छ ।

नेपालका प्रत्येक प्रदेशमा कलाको आफ्नो विशिष्ट शैली र पद्धति विद्यमान छन्, जसलाई लोककलाको नामले चिनिन्छ । लोककला सँगसँगै परम्परागत कला पनि एउटा भिन्न चिन्तन र परम्पराको रूपमा आएको हुन्छ । जो विभिन्न जनजातिमा पहाड तथा मधेशका ग्रामीण भेगमा प्रचलित छ । लोककलाको अन्तर्राष्ट्रिय बजारमा सम्भावना धेरै प्रबल रहेको छ । नेपाली ग्रामीण लोक चित्रकारीको डिजाइन मनमोहक लाग्छन्, जसमा धार्मिक र आध्यात्मिक विषयलाई प्रमुखताका साथ चित्रित गरिएको हुन्छ ।

नेपाली प्रागैतिहासिक मानव कालदेखि लिएर वर्तमान कालसम्म चित्रकला परिदृश्यमा देखिन्छ कि, प्रत्येक नेपाली कला रङबाट अलगै छैनन् । किनकि, नेपालमा कलालाई असाध्यै माया गर्ने जनसमुदाय र संस्कार संस्कृति छ । साथै रङको कलामा महत्वपूर्ण स्थान रहेको कुरा निर्धक्क भन्न सक्छौँ ।

नेपाली कला, संस्कृतिको दृष्टिले राष्ट्रियस्तरमा मात्रै नभइ अन्तर्राष्ट्रियस्तरमा समेत विशेष छवि बनाएको छ । हामीलाई विरासतमा प्राप्त साहित्यिक, पुरातात्विक, लोककला लगायतका संस्कृति सामान्य जनसम्म पु¥याउन तथा जीवन्त बनाई राख्ने स्वतन्त्रता नै कला संस्कृतिको योगदान हो ।

लेखक नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ हुनुहुन्छ ।

प्रतिक्रिया