केयुमा प्राध्यापक र कर्मचारीको तालाबन्दी

काभ्रे । कााठमाडौं विश्वविद्याल (केयु) का प्राध्यापक र कर्मचारीले भिसी र डिनको कार्यालमा तालाबन्दी गरेका छन् । विश्वविद्यालय प्रशासनले प्राध्यापक र कर्मचारीसँग पटकपटक गरेका सम्झौता पूरा नगरको भन्दै तालाबन्दी गरेको विश्वविद्यालय प्राध्यापक संघका सभापति डा. वेदमणि दाहाले जानकारी दिए ।

शुक्रबारबाट सञ्चालित स्कुल अफ साइन्स र स्कुल अफ इन्जिनियरिङको परीक्षासमेत बहिष्कार गरेका छन् । प्राध्यापक र कर्मचारीले परीक्षा बहिष्कार गरेपछि प्रशासनले अन्य फ्याकल्टीका विद्यार्थीलाई गार्ड राखेर परीक्षा सञ्चालन गरेको प्राध्यापक संघका महासचिव डा. विकास अधिकारीले बताए ।

विश्वविद्यालको यो कदम गैरजिम्मेवार भएकाले घोर निन्दा गर्दै आगामी दिनमा अझ सशक्त आन्दोनका कार्यक्रम ल्याउने र माग पूरा नभएसम्म तालबन्दी नखोल्ने संघका सभापति डा. वेदमणि दाहाले बताए । उनले विश्वविद्यालयले आफैँले गरेका सम्झौताको उल्लंघन गरेर एकलौटी ढंगले चलेकाले तालबन्दी गर्नुपरेको बताए ।

शुक्रबार बसेको प्राध्यापक र कर्मचारीको भेलाले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने निर्णय गरेको थियो । सोमबारसम्म प्रशासनले आन्दोलनरत पक्षसँग कुनै वार्ताको पहल नगरेको डा. दाहाले बताए । सोमबारबाट स्थानीय अन्य पेसागत संघसंस्थाले पनि समर्थन गरेका छन् ।

प्रतिक्रिया