पर्दामा अजय–काजोल

मुम्बई । बलिउड अभिनेता अजय देवगण र अभिनेत्री काजोल लोकप्रिय जोडीका रूपमा परिचित छन् । विवाहको लामो समयपछि यो जोडीले एकैसाथ चलचित्रमा काम गर्ने भएका छन् । रोमान्टिक तथा हाँस्यप्रधान चलचित्रमा उनीहरूसँगै देखिने लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

देवगण परिवार कम्पनीले चलचित्रको कथालाई ध्यान दिँदै तीनवटा शीर्षक दर्ता गरेको जनाइएको छ । विभिन्न समाचार माध्यमका अनुसार अहिले स्क्रिप्टको काम भइरहेको छ । अभिनेता अजय काजोलको जन्मदिनमा समय बिताउन जाँदै गरेको वेलामा चलचित्रबारे योजना बनेको हो ।

यसबारेमा अहिले दुवैजनाले केही बोलेका छैनन् । चलचित्रको कथा एक परिपक्व जोडी र उनीहरूको रोमान्सलाई केन्द्रमा राखेर तयार पारिएको छ ।

प्रतिक्रिया