रेश्मी र शोभाको ‘तीज आयो लौ’

काठमाडौं । नजिकिँदो हरितालिका तीजको अवसर पारेर गायिकाद्वय रेश्मी कार्की र शोभा गौतमले ‘तीज आयो लौ…’ बोलको गीत बजारमा ल्याएका छन् । ओएसआर डिजिटलले युट्युबमार्फत सार्वजनिक गीतमा गोविन्द गौतमको शब्द रहेको छ ।

विकास चौधरीको संगीत रहेको गीतको भिडियोमा गायिका उषा मलाहाले निर्देशन गरेकी छन् । भिडियोमा अभिनेत्री अनु शाहलगायत अन्य कलाकारलाई फिचरिङ गरिएको छ ।

दिनेश मंगमुले कोरियोग्राफी गरेको गीतको भिडियोको छायांकन हरिनारायण चौधरी तथा सम्पादन मन्दिल श्रेष्ठले गरेका छन् ।

प्रतिक्रिया