कम्युनिस्ट–कांग्रेसका बुढा नेता र नयाँ पुस्ता

केपी शर्मा ओली ६९ वर्ष, माले महासचिव सिपी मैनाली ६८ वर्ष, माधवकुमार नेपाल ६७ वर्ष, पुष्पकमल दाहाल ‘प्रचण्ड’ ६५ वर्ष र समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराई पनि ६५ नाघेका छन् । त्यसैगरी, नेपाली कांग्रेसका सभापति शेरबादुर देउवा ७६ वर्ष, वरिष्ठ नेता रामचन्द्र पौडेल ७८ वर्ष, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर ७२ वर्षका भए । यसैगरी, राप्रपाका अध्यक्ष कमल थापा ६५ वर्ष भए, पशुपतिशमशेर राणा ७८ वर्ष भए 

नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंह ८४ वर्षका भए, नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे ८० वर्षका भए, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी ७९ वर्षका भए, नेकपाका वरिष्ठ नेताहरू वामदेव गौतम ७१ वर्ष, झलनाथ खनाल ७० वर्ष, केपी शर्मा ओली ६९ वर्ष, माले महासचिव सीपी मैनाली ६८ वर्ष, माधवकुमार नेपाल ६७ वर्ष, पुष्पकमल दाहाल ‘प्रचण्ड’ ६५ वर्ष र समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराई पनि ६५ नाघेका छन् । त्यसैगरी नेपाली कांग्रेसका सभापति शेरबादुर देउवा ७६ वर्ष, वरिष्ठ नेता रामचन्द्र पौडेल ७८ वर्ष, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर ७२ वर्षका भए । यसैगरी राप्रपाका अध्यक्ष कमल थापा ६५ वर्ष भए , पशुपतिशमशेर राणा ७८ वर्ष भए ।

वर्तमान राजनीतिक दलहरूले यसबारे गम्भीर छलफल गरी निर्णय लिनु पर्दैन ? अहिलेको आवश्यकता ठानिएको छ । निजामती कर्मचारीका लागि उमेर हद ५८ वर्ष छ । न्यायाधीशको उच्च अदालतमा ६३ र सर्वोच्चमा ६५ वर्ष उमेर तोकिएको छ । नेपालीको औषत आयु नै ७० दशमलव ६ वर्ष छ । तर, सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि ७० वर्ष उमेर तोकिएको छ

तर, पार्टीको नेतृत्व छाड्नुभन्दा पनि झुण्डिरहने प्रवृत्ति छ । नेपाली राजनीतिज्ञमा जीवनभर पार्टी र राज्यसत्तामा रहिरहने लालचले गर्दा विश्वेश्वरप्रसाद कोइराला, मातृकाप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइराला अनि अहिले केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको तानातानलाई एउटै चरित्रको निरन्तरता त होइन ? भन्न थालिएको छ । वर्तमान राजनीतिक दलहरूले यसबारे गम्भीर छलफल गरी निर्णय लिनु पर्दैन ? अहिलेको आवश्यकता ठानिएको छ । निजामती कर्मचारीका लागि उमेर हद ५८ वर्ष छ । न्यायाधीशको उच्च अदालतमा ६३ र सर्वोच्चमा ६५ वर्ष उमेर तोकिएको छ । नेपालीको औषत आयु नै ७० दशमलव ६ वर्ष छ । तर, सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि ७० वर्ष उमेर तोकिएको छ । नेपालको राजनीतिमा भने वृद्धावस्थाकै नेताको वर्चस्व छ । ठूला मात्र होइन, साना पार्टीहरूमा पनि बुढ्यौली उमेरसम्मै पदमा रहिरहने आकांक्षा देखिन्छ ।

नेकपा (मसाल) को ०७६ जेठ २३ मा सम्पन्न आठौँ महाधिवेशनबाट ८४ वर्षीय मोहनविक्रम सिंह पाँचौँपटक पार्टी महामन्त्रीमा निर्वाचित भए । उनी ०३१ को चौथो महाधिवेशनपछि निरन्तर ४५ वर्षदेखि महामन्त्री छन् । प्रतिकूल स्वास्थ्यका बीच मोहन वैद्य ‘किरण’ ले पार्टी नेतृत्व हाँकिरहेका छन् । यस्तै, राप्रपामा पशुपतिशमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङदेखि कमल थापाहरू पनि पार्टी पंक्तिमै रमाइरहेका छन् । बुढ्यौलीले उनीहरूलाई छेकेको छैन, किन ? प्रश्नहरू उठिरहेका छन् । राजनीतिशास्त्री विजयकान्त कर्णले भने– ‘नेताहरूले लोकतन्त्रका लागि लडे, तर आफैँ लोकतान्त्रिक हुन सकेनन् । त्यसैले लोकतान्त्रिक संस्कारलाई नै प्यारालाइज गरिरहेको छ । पार्टी सत्ताका लागि अन्तरपार्टी संघर्ष र पार्टी–सरकार द्वन्दले अन्तरपार्टी लोकतन्त्र कमजोर भइरहेको छ ।’

नेकपा सचिवालयका सदस्य ७१ वर्षीय वामदेव गौतमले पार्टीको महत्वपूर्ण विभाग र आउँदो उपनिर्वाचनमा कास्की क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने निर्णयमा केपी ओली–वामदेव गौतमबीच लामो र भरपर्दो गठबन्धन जोडी कार्य गरिरहेका छन् भने महत्वपूर्ण मानिएका ६ विभाग भने पार्टीको ‘कोर अफ द कोर’ मानिने सचिवालय सदस्यले नै ओगट्दै छन् । नेता वामदेव गौतम २६ वर्षपछि संगठन विभागमा, माधवकुमार नेपाल २७ वर्षपछि विदेश विभागमा, नीति तथा अनुसन्धानमा झलनाथ खनाललाई ल्याउने अध्यक्षद्वय ओली र प्रचण्डको सहमति भइसकेको छ भने स्कूल विभागमा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई ल्याउन प्रचण्ड लागिरहे पनि अहिलेसम्म हत्याउन सकेका छैनन्, तर के हुन्छ ? हेर्नैपर्ने भएको छ ।

स्थायी कमिटी सदस्य वेदुराम भूषालले भने– ‘अहिले हामी पुरानो सोच र पुस्ताको अन्तिम किस्ता बेहोर्दै छौं । नेतृत्व भनेको रेलगाडी होइन, इन्जिन अघि–अघि, डब्बा पछि–पछि लाग्नुपर्ने सेटिङबाट आधुनिक राजनीति अब अघि बढ्न सक्दैन । नेताहरू जिम्दार वा मठाधीशजस्ता भइदिए । गूट उपमौजा भएका छन् । स्वार्थको बाँडफाँटले पार्टीभित्र आन्तरिक लोकतन्त्र र क्षमताअनुसारको कार्य जिम्मेवारीमा समस्या उत्पन्न भएका छन् ।’

भनिन्छ– नयाँ पात पुरानो पातसँग झर्न बनेको हुँदैन् । तर, नेपालको राजनीतिको हाँगामा सुकेको पात झर्न नमान्दा नयाँ मुनाहरू असमयमै ओइल्याएका छन् । टुक्रिएको माओवादी अध्यक्ष वैद्यले नै पदवी छोडेनन् । अरू दुईचार कार्यकालका लागि प्रचण्डले बैना मार्दै आएका छन् । मट्याङ्ग्रा अरूको प्रयोग गर्ने अन्त्यमा सिकार दाउ लाउने केपी ओलीको चलाखी प्रष्टै छ ।

घृणाको त्यो तहमा पुगेर पनि कांग्रेसमा देउवाको विकल्प अरू देखिएन । नेपालका कुनै राजनीतिक दलको मुखिया हुनका लागि त्यहाँभित्रका हजारौँलाई तलब दिन सक्ने सामथ्र्य त्यो व्यक्तिमा हुनुपर्छ भन्ने त नफेरिएका व्यक्तिको अनुहारले प्रष्ट पारेकै छ । पहिला पहिलाका राजा, महाराजा र राजनेताहरूमा प्रताप हुन्थ्यो । त्यसैले तिनीहरू प्रतापी कहलाउँथे । प्रताप भनेको नाममा जोडिएको फूँदो नभएर नैतिकताको अर्को नाम हो ।

अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई सधैँ नालायक देख्छ रे ! तर सत्यचाहिँ के हो भने नयाँ पुस्ता जतिसुकै नाकाम भए पनि समयचाहिँ उसैको हो । मानिसको बुढ्यौली लागेपछि उसँग रहेको वस्तु भनेको फगतः अनुभव र अनुभूति मात्र हो । मानिसका जीवनमा दुःख सुख त सिक्काको गाई र त्रिशूल हो । थालको भात दुःख हो भने अचार सुख हो । कोही त्यही अचारको भरमा भात मिठो मानेर बुत्याउँछन् त कोही अचार रित्याएर भातरुपी दुःखको पसल खोलेर बस्छन् । सुख र दुःखको प्रारब्ध दृष्टिकोणबाट सुरु हुन्छ । मृत्युका अगाडि आफू मात्र एक्लो ठिंग उभिन्छु भन्ने सोच नै दुःखको खाडल खन्ने औजार हो ।

नेकपाको मूल नेतृत्वको दाबी गरिरहेका नेताहरूले नै विभाग नेतृत्वका लागि हानथाप गरिरहेको दृश्य अहिले नेकपामा देखिएको छ । त्यसैले पार्टीका वरिष्ठ नेताहरूले अर्को पुस्तालाई मुख्य जिम्मेवारी दिन कन्जुस्याईं गरेको छर्लंगै भएको छ । विश्लेषक श्याम श्रेष्ठले भने– ‘नेकपामा नयाँ पुस्ताका सक्षम नेताको कमी छैन । तर, वरिष्ठ नेताहरूले उनीहरूका लागि विभाग छाड्नसमेत सकेनन् । खाई–पाई आएको अधिकार र शक्ति आफ्नै गूटका नेतालाई हस्तान्तरण गर्नसमेत कोही तयार छैन भन्ने देखियो । विचार मिलेको भए विभाग जो नेताले लिए पनि हुन्थ्यो ।

नमिलेकैले आफ्नो पोल्टामा पार्न दुवै पक्षले हानथाप गरिरहेका छन् । यो त अहिले गूटहरूको संयुक्त मोर्चाजस्तो छ ।’ एमालेकालीन नेता प्रदीप नेपालले भने– ‘पार्टीकै नेता हुनुपर्ने व्यक्ति विभागमा बस्ने होइन । अर्को पुस्तालाई अवसर दिनुपर्छ । वरिष्ठ नेता र सचिवालय आफैँमा नेतृत्व हो । उसलाई सक्रिय हुन भिन्दै विभाग चाहिने होइन ।’ यसैले अहिले भन्न थालिएको छ– ‘कम्युनिस्ट र कांग्रेसका बूढा नेताहरूले नयाँ पुस्तालाई पत्याएनन्, किन ?’ अहिले उठेको खरो प्रश्नको कसले उत्तर दिने ? यसतर्फ सबै राजनीतिक दलका नेतृत्वकर्ताले ध्यान दिनै पर्दछ । आगे भगवान् भरोसा…।

प्रतिक्रिया