मालपोतको संलग्नतामा ठगी

काठमाडौं । १२ सय मेगावाट बिजुली उत्पादन गर्ने प्रस्तावित बुढीगण्डकी जलविद्युत आयोजनासँग ठगी गरेर रकम असुलेको भेटिएको छ । मालपोत कार्यालय धादिङकै संलग्नतामा लालपुर्जामा जग्गाको क्षेत्रफल बढाएर ६३ लाख रुपैयाँ ठगी गरिएको भेटिएको हो ।

साविकको बुढाथुम गाविस–९, हाल गंगाजमुना–७, निवासी होमनाथ पौडेलले मुआब्जाको रकम पाउन करिब दुई रोपनी मात्र रहेको जग्गालाई ११ रोपनीभन्दा बढी देखाई रकम ठगी गरेका हुन् । जसलाई मालपोत कार्यालयले पनि सहयोग गरेको अनुसन्धानबाट खुलेको छ ।

सेवानिवृत्त हुन लागेका मालपोतका तत्कालीन अधिकृत रेवती प्रसाद ढकालसँग मिलेमतो गरेर सो जग्गा बढाएर ६३ लाख रुपैयाँ ठगी गरेका हुन् । यसअघि पनि यही आयोजनाबाट स्थानीयले एक करोडभन्दा बढी रुपैयाँ ठगी गरेका थिए । तर, पछिल्लो पटक भने बढी असुल गरेको रकमका विषयमा भागबण्डामा कुरा नमिलेपछि बाहिर आएको हो ।

स्थानीय प्रशाासनले निकालेको सूचनाको दुरुपयोग गरी पौडेलले लालपूर्जामा जग्गाको क्षेत्रफल बढाएका थिए । आयोजनाले डुबानमा पर्ने जग्गाको लालपुर्जा सहित स्थानीय प्रशासनमा मुआब्जा दाबी गर्ने सूचना प्रकासित भएलगत्तै मालपोत अधिकृत ढकालसँगको मिलोमतोमा २ रोपनी क्षेत्रफल मात्रै भएको आफनो लालपुर्जामा ११ रोपनीभन्दा बढी देखाई ७५ लाख रकम मुआब्जा बुझेको पाइएको छ

मुआब्जा दिएको सो लालपुर्जाको जग्गा चार भाग विभाजन गर्नु पर्नेमा बढी रकम ल्याएर अरू अंशियारलाई नदिएर पौडेलले एक्लैले लुकाउन खोजेका थिए । बढी रकम लिएर पौडेलले काठमाडौंको चन्द्रागिरी ६ मच्छेगाउँमा घर निर्माण गर्न लागेका थिए । उनले घर निर्माण गर्ने तयारी थाहा पाएपछि अरू अंशियारले बढी रकम असूल गर्न स्थानीय प्रशासनमा निवेदन दिएका थिए । स्रोतका अनुसार पौडेलले सो रकम आफ्ना अन्य दाईभाइलाई दिन अस्वीकार गरेका थिए । आयोजनाबाट छलकपट गरेर लिएको रकम नपाएपछि अंशियारले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए ।

स्थानीय प्रशाासनले निकालेको सूचनाको दुरुपयोग गरी पौडेलले लालपूर्जामा जग्गाको क्षेत्रफल बढाएका थिए । आयोजनाले डुबानमा पर्ने जग्गाको लालपुर्जा सहित स्थानीय प्रशासनमा मुआब्जा दाबी गर्ने सूचना प्रकासित भएलगत्तै मालपोत अधिकृत ढकालसँगको मिलोमतोमा २ रोपनी क्षेत्रफल मात्रै भएको आफनो लालपुर्जामा ११ रोपनीभन्दा बढी देखाई ७५ लाख रकम मुआब्जा बुझेको पाइएको छ । तत्कालीन बुढाथुम ७ को नापीस्थित नक्सा नम्बर, नक्सा सिट नम्बर ९ क अनुसार २०७३ वैशाख १३ गते नयाँ लालपुर्जा जारी गरी पौडेलले लिएका थिए । वैशाख १३ गते लालपुर्जा जारी गरी मालपोत अधिकृत ढकाल वैशाख २० गते नै जिल्लाबाटै सेवानिवृत्त भई बिदा भएका थिए ।

पौडेलको सो लालपुर्जामा कित्ता नं. ५८ फिल्ड बुकमा रेकर्ड भएको क्षेत्रफल ०–१२–२–१ रहेको तर, नयाँ लालपुर्जामा बढेर आएको ६ रोपनी ६ आना, कित्ता नं ५९ फिल्ड बुकमा रेकर्ड भएको क्षेत्रफल ०–११–०–० रहेको थियो । तर, नयाँ लालपुर्जामा बढेर आएको ४ रोपनी ६ आना र कित्ता नं १४० फिल्ड बुक र नयाँ लालपुर्जा दुबैमा ०–९–२–१ एउटै क्षेत्रफल कायम भएको देखिएको छ । जम्मा २–३–०–२ को १४ लाख ८५ हजार मात्र मुआब्जा पउनुपर्नेमा ११ रोपनी क्षेत्रफलको कुल ७५ लाख (कर कट्टा पछि) बुझेको पाइएको छ ।

फिल्डबुक प्वाल पारेर नबुझिने बनाई लालपुर्जामा क्षेत्रफल बढाईएको पाईएको आयोजनाका संयोजक कृष्ण बहादुर कार्कीले बताए । पौडेललाई लालपुर्जाअनुसार बढी रकम गएको पत्तो पाएर गल्ती ढाकछोप गर्न साउन ७ गते आयोजनालाई पत्राचार गरी बढी रकम फिर्ता गर्ने व्यवस्था मिलाउन अनुरोधसमेत गरेको छ । प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेयले बढी रकम गएको निवेदन परेपछि रकम फिर्ता गर्न पौडेललाई पत्राचार गरिएको बताए ।

सो आयोजनाका कारण प्रमुखरूपमा गोरखाका घ्याल्चोक, फुजेल, नाम्जुङ, बुंकोट, अस्राङ, बोर्लाङ, धावा, तान्द्राङ, आरुपोखरी, आरुचनौटे, आरुआर्बाङ बढी प्रभावित हुनेछन् । यस्तै धादिङका सलाङ, मैदी, खरी, चैनपुर, सल्यानटार, आगिन्चोक, त्रिपुरासुन्दरी, मार्पाक, मूलपानी, बसेरी, बुढाथुम गाविसको महत्वपूर्ण धानखेत तथा टार पनि प्रभावित हुनेछन् ।

प्रतिक्रिया