सेञ्चुरीको डेपुटी सीईओमा मनोज न्यौपाने

काठमाडौं । सेञ्चुरी कर्मिर्सयल बैंकको सञ्चालक समितिको २९४औं बैठकले बैंकको रिक्त रहेको नायब कार्यकारी प्रमुख पदमा हाल प्रमुख व्यवसाय अधिकृत पदमा कार्यरत मनोज न्यौपानेलाई नियुक्त गर्ने गरेको छ ।

दुई वर्षदेखि बैंकको सहायक कार्यकारी प्रबन्धक पदमा कार्यरत न्यौपाने लक्ष्मी बैंक लिमिटेडबाट बैंकिङ सेवा प्रारम्भ गरी हिमालयन बैंक तथा सनराइज बैंकमा गरी करिब १५ वर्षको अनुभव रहेको छ । न्यौपानले काठमाडौं विश्वविद्यालयबाट वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन् ।

प्रतिक्रिया