इ–सेवा र युके एडको सक्षमबीच सम्झौता

काठमाडौं । इ–सेवा क्यास पोइन्टको तर्जुमा, विकास तथा कार्यान्वयन गर्नको लागि ई–सेवा फोन पे प्रालिले युके एडको सक्षम (एक्सेस टु फाइनान्स) सँग सम्झौतामा हस्ताक्षर गरेको छ । सम्झौतापत्रमा इ–सेवा फोन पे का प्रमुखकार्यकारी अधिकृत सुभास सापकोटा तथा युके एडको सक्षमकातर्फबाट टिम लिडर निर्मल दाहालले हस्ताक्षर गरे ।

यस सम्झौता मार्फत् स्थापित गरिएका इ–सेवा क्यास पोइन्टले डिजिटल माध्यम मार्फत ग्रामीण उपभोक्ताहरु लाई वित्तीय सेवाहरु प्रदान गर्नेछन । यस परियोजनाको उद्देश्य भनेको वित्तीय सेवाहरुपमा आम नागरिकहरुको पहुँच वृद्धि गर्नुका साथै सम्पूर्ण वित्तीय सेवामा पहुँच नभएका वा कम पहुँच भएका नागरिकहरुमा नवीन डिजिटल वित्तीय सेवाहरुको पहुँच बढाउने कामको प्रवद्र्धन गर्ने हो ।

प्रतिक्रिया