एनआईसी एशिया रेमिटको उपहार योजना

काठमाडौं । एनआईसी एशिया बैंकले एनआईसी एशिया रेमिटको चाडपर्व योजना संचालनमा ल्याएको छ । सो योजना अन्तर्गत अब एनआईसी एशिया रेमिटबाट नेपालभित्र एक पटक रकम पठाउँदा अर्को पटक सित्तैमा पठाउन पाउने व्यवस्था बैंकले गरेको छ । बैंकले आगामी चाडपर्वको अवसरलाई ध्यानमा राख्दै ग्राहकलाई एक ठाउँबाट अर्काे ठाउँमा रकम पठाउँदा हरेक दोस्रो कारोबार सित्तैमा गर्न पाउने सुविधा प्रदान गरेको छ ।

उक्त विप्रेषण रकम यस बैंकका देशभर फैलिएको २९५ शाखा कार्यालयहरु, ५७ वटा एक्सटेन्सन काउण्टर, ४१ वटा शाखारहित बैंकिङ इकाई एवं ९ हजार भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ । यो सुविधाबाट चाडपर्वको समयमा ग्राहकले रकम पठाउँदा उच्चतम लाभ हुने र झन्झटरहित तरिकाबाट धेरै शाखा सञ्जाल भएको यस बैंकमार्फत सजिलै रकम पठाउन र निकाल्न सकिने विश्वास बैंकले लिएको छ । योजना भाद्र १ देखि आश्विन ३० गतेसम्म लागू हुने बैंकले जनाएको छ । बैंकले हाल मुलुकभर २९५ शाखा कार्यालयहरु, ३३५ एटिएम, ५७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया