महानगरका सामूदायिक विद्यालयमा रंगरोगनः मेयर शाक्य

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्नो क्षेत्र भित्र रहेका सामूदायिक विद्यालयका भवनमा एकै खाले रंग रोगन गर्ने योजना अघि सारेको बताएका छन् । महानगर भित्र पदस्थापन भएका माध्यामिक विद्यालय स्थायी शिक्षकको सपथ ग्रहण कार्यक्रममा सम्वोधन गर्दै मेयर शाक्यले सो कुरा बताएका हुन् ।

‘हामी काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका विद्यालयको शैक्षिक गुणस्तर मात्र होइन भौतिक संरचनामा पनि सकेसम्म एक रुपताल्याउने प्रयासमा लागेका छौँ,’ मेयर शाक्यले भने, ‘त्यसका लागि महानगरपालिका क्षेत्र भित्र रहेका ९१ ओटै सामूदायिक विद्यालय भवनमा एकै खालको रंग रोगन गर्ने तयारी थालेका छौँ ।’

उनले त्यसको सम्पूर्ण खर्च महानगरपालिकाले नै गर्ने पनि जानकारी दिए । उनले अहिलेको पुस्ता सूचना, प्रविधि, योजना र नयाँ–नयाँ ज्ञानमा निपुणभ एको भन्दै पुरानाको अनुवभसँग सहकार्य गरेर अघि बढ्ने हो भने सामूदायिक विद्यालयको गुणस्तर स्वतः वृद्धि भएर जाने दाबीसमेत गरे ।

‘तपाईँहरु प्रति हामीलाई ठूला विश्वास छ,’ पद स्थापन भएका ३० जनाशिक्षकलाई सपथ खुवाएपछि मेयर शाक्यले भने, ‘सामूदायिक विद्यालयमा राज्यको लगानी ठूलो छ । तर, परिणाम राम्रो आउन सकेको छैन । तपाईँहरुको व्यवस्थापकीय क्षमता पनि प्रदर्शन गर्नुहोला ।’  उनले एउटा शिक्षकले राम्रो गर्यो भने राष्ट्रको भविष्य पनि उज्जल बन्ने  बताए ।

प्रतिक्रिया