गोल्डेनद्वारा बलियो दाबेदारी

काठमाडौं । गोल्डेनगेट कलेज नेकपाका संस्थापक तुल्सीलाल अमात्यको स्मृतिमा सञ्चालित पाँचौँ क्लब तथा टिम बुद्विचाल राष्ट्रिय च्याम्पियनसिपको उपाधिको बलियो दाबेदारी प्रस्तुत गरेको छ ।  च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा मंगलबारसम्म भएको दुई चरणका खेलहरू सम्पन्न हुँदा गोल्डेनगेट सतप्रतिशत अंक जोड्दै उपाधिनजिक पुगेको हो । मंगलबारको पहिलो खेलमा गोल्डेनगेटले रुकुमको टिमलाई ४˗० ले पराजित गरेको थियो । दोस्रो खेलमा पनि गोल्डेन गेटले गजुरमूखी क्लबविरुद्ध जित निकाल्यो ।

पहिलो टेबलको पहिलो बोर्डमा गोल्डेनगेटका सुरवीर लामाले कृष्ण थापालाई हराउँदै अग्रता बनाए । तर, दोस्रो बोर्डमा गजुरमूखीका मनिष हमालले भूपेन्द्र निरौलालाई हराउँदै खेललाई बराबरीमा ल्याए । त्यससँगै १÷१ जितको अवस्थामा गोल्डेनगेटका केशव श्रेष्ठले गजुरमुखीका राजन सुवेदीलाई हराउँदै आफ्नो टोलीलाई २˗१ को अवस्थामा पु¥याए ।

निर्णायक बोर्ड गजुरमुखीका रिजेन्द्र राजभण्डारीले आपंैm गोल्डेनगेटका मदनकृष्ण कायस्थसँग बराबरीको प्रस्ताव गरेपछि गोल्डेनगेटले २ दशमलव ५˗१ दशमलव ५ ले सफलता प्राप्त ग¥यो । बिहीबारसम्म सातौँ चरणसम्म चल्ने लिग खेलमा गोल्डेनगेटले बलियो दाबेदारी प्रस्तुत ग¥यो । साथै गोल्डेनगेटले चार लाख राशिको उपाधि हत्याउने बलियो दाबेदारी प्रस्तुत गरेको छ ।

पूर्वविजेता थापाथली चेसपार्क टोलीले पहिलो खेलमा भक्तपुर बुद्विचाल संघसँग बराबरी खेले भने दोस्रो खेलमा रौतहट बुद्विचाल संघविरुद्व २ दशमलव ५–१ दशमलव ५ ले जितको स्वाद चाखेको थियो । उता, ललितपुरको च्यासल युवा क्लबले मखन चेस क्लबसँग बराबर गर्दा अन्तमा शहिद शुक्र क्लब बाङ्गेमुढालाई ३ दशमलव ५– शून्य दशमलव ५ ले पराजित गरेका छन् ।

तेस्रो चरणसम्मको खेल सम्पन्न हुँदा गोल्डनगेट ६ अंकसहित अग्रस्थानमा छ भने च्यासल र थापाथली चेसपार्क समान ५ अंकसहित दास्रो स्थानमा छ । बुधबारको पहिलो चरणको खेल बिहान ८ः०० बजे र दोस्रो चरणको खेल दिउँसो १ः०० बजे हुनेछ । लिगमा शीर्ष चार स्थानमा रहने टोली सेमिफाइनलमा पुग्नेछ ।

प्रतिक्रिया