तीज तथा अन्तराष्ट्रिय व्यापार मेला भदौमा

काठमाडौं । नेपाली महिलाहरुको महान चाड तीजको अवसर पारेर राजधानीमा ‘१२ औं तीज मेला तथा अन्तराष्ट्रिय व्यापार मेला २०७६’ आयोजना हुने भएको छ । राजधानीको त्रिपुरेश्वरस्थित यूनाइटेड वल्र्ड टे«ड सेन्टर (डिइसिसी नेपाल) मा यहि भदौ १० गतेदेखि १४ गतेसम्म आयोजना हुने मेलाको तयारी पुरा भएको इभेन्ट म्यानेजर इन्ट्रोडक्सन ट्रेड शो नेपाल प्रालिले जनाएको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा आयोजना हुने गरेको ‘१२ औं तीज मेला तथा अन्तराष्ट्रिय व्यापार मेला २०७६’ तीजको अवसरमा आयोजना गरिने यो मेला नेपालको सबैभन्दा ठूलो उपभोक्ता मेलाको रुपमा पनि परिचित रहँदै आएको छ । नेपाल चेम्बर अफ कमर्शले सहयोग गरेको मेलामा पाकिस्तानबाट १२, भारतबाट १२, बंगलादेशबाट १२ तथा नेपालीहरुको तीज विशेष ७० वटा गरेर १०६ स्टल रहने छन् ।

प्रतिक्रिया