खप्तड चिनाउन स्थानीय सक्रिय

कुनै वेला निगालोको जंगलका रूपमा चिनिँदै आएको खप्तड क्षेत्रलाई पछिल्लो समय प्राकृतिक वरदान भन्दै सुदूरपश्चिमका जनता संसारभरि चिनाउन लागिपरेका छन् । हुन पनि खप्तडको सौन्दर्यको बयान जति गरे पनि कम हुन्छ । त्यसैले पनि पछिल्ला दिनमा त्यहाँको सौन्दर्यले मान्छेलाई आकर्षित गरिरहेको छ ।

सुदूरपश्चिमको भू–स्वर्गका मानिने यस क्षेत्रलाई देश विदेशमा चिनाउन यहाँका स्थानीय बासिन्दा र संघसंस्थाको सक्रियता बढेको छ । आध्यात्मिक र असाधारण तपस्वीका रूपमा चिनिने खप्तड बाबाले सुदूरपश्चिमका चार पहाडी जिल्लाको सिमानामा पर्ने खप्तड क्षेत्रलाई ‘भू–स्वर्ग’को उपनाम दिएर संसारभर प्रचार गरेका थिए । उनले सुरु गरेको त्यो अभियान पछिल्ला पुस्ताले जारी राखेका छन् ।

खप्तडमा ५० वर्ष बिताएका खप्तड बाबा आध्यात्मिक गुरु र विचारकका रूपमा चिनिन्छन् । सन् १८८० मा भारतको काश्मीरमा बस्ने नेहरू परिवारमा जन्मिएका खप्डतबाबा विसं १९८६ मा नेपाल आएका थिए । सन्न्यास लिनुपूर्व उनी प्रतिभावान् डाक्टर पनि थिए । उनले कलकत्तास्थित ट्रपिकल मेडिकल कलेजबाट एमबिबिएस र वेलायतबाट सर्जनको अध्ययन पूरा गरेको जानकाहरू बताउँछन् ।

पर्यटकीय दृष्टिले खप्तड अत्यन्त उर्वर क्षेत्र भएको स्थानीयको दाबी छ । यस क्षेत्रमा पर्यटक भित्र्याउन सक्ने हो भने खप्तडको सिमाना जोडिएका बझाङ, अछाम, बाजुरा र डोटी जिल्लाको आर्थिक गतिविधि बढ्ने खप्तड मध्यवर्ती क्षेत्र विकास समितिका पूर्वअध्यक्ष लालबहादुर खड्काले बताए । उनले भने, ‘खप्तड क्षेत्रमा पर्यटक मात्रै भित्र्याउन सके यहाँका चार पहाडी जिल्लाको विकास उल्लेख्य मात्रामा हुने देखिन्छ । अरूभन्दा खप्तडको विकास गर्न सके राम्रो

त्यस्तै, काशीको दक्षिणामूर्ति मठमा रहेर पूर्वीय दर्शनको अध्ययन अध्यापनपछि गहन साधनाका लागि उनले नेपालको खप्तड लेक रोजेका थिए । उनका धर्म विज्ञान, विचार विज्ञान, म र मेरो कर्तव्यलगायतका झण्डै डेढ दर्जनभन्दा बढी पुस्तकहरू प्रकाशित भएका छन् । प्रकाशनमा आउन बाँकी उनकै हस्तलिखित अरू थुपै कृतिहरू पनि विभिन्न ठाउँमा बनाइएका मन्दिरहरूमा रहेका छन् । खप्तड बाबाको विसं २०५३ जेष्ठ कृष्ण सप्तमीका दिन निधन भएको थियो ।

खप्तड बाबाले वर्णन गरे जस्तै खप्तड भू–स्वर्गभन्दा कम नभएको यहाँका स्थानीयहरूको दाबी छ । खप्तड क्षेत्रमा पर्यटकहरू भित्र्याउन अहिले सुदूरपश्चिमेलीहरू रातदिन खटिरहेका छन् । गलैँचा बिच्छाएझँै विशाल हरिया फाँटहरू, मनै लोभ्याउने रंगीचंगी फूल, आश्चर्य लाग्ने यहाँको मौसम सायदै पृथ्वीका कुनै कुनामा होलान् । बाइस पाटन ५२ झोती भएको नेपालको एक मात्र राष्ट्रिय निकुञ्जका रूपमा समेत खप्तडलाई लिने गरिन्छ । हिउँद, वर्षा, गर्मी मौसममा भिन्न रूपमा प्रस्तुत हुने खप्तड सबका लागि नपुगी नहुने एक गन्तव्य पनि भएको स्थानीय तथा पूर्व डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले बताए ।

उनले भने, ‘सुदूरपश्चिम आउने पर्यटकहरूका लागि खप्तड नपुगी नहुने ठाउँ हो । एकपटक खप्तड पुगेर त्यहाँको वातावरणमा एकाग्रह हुँदा मनमा रहेको अशान्ति सबै हराउँछ ।’ खप्तड पुगेका जो कोहीलाई त्यहाँको वातावरण छोडेर हिँड्ने जाँगर नै चल्दैन । एउटा पाटनबाट अर्को पाटन पुग्दा थकाइभन्दा मनोरञ्जन बढी पाइन्छ । खप्तडमा भेटिने प्राकृतिक सौन्दर्य कहीँ पनि भेटिन दुर्लभजस्तै छ । जति हे¥यो हेरिरहुँ जस्तो ।

चार रैथानेसहित १ सय ३५ प्रजातिका फूलको मनोरम दृश्य खप्तडमा नियाल्न सकिन्छ । यहाँ २ सय २४ प्रजातिका जडीबुटी, ५ सय ३७ प्रजातिका वनस्पति, २७० जातका चराचुरुंगी भेटिन्छ । विश्वकै दुर्लभ जातिको हरियो छेपारो यहीँ पाइन्छ । बाह्रै महिना पानीको सतह एकैनासको हुने विशेषता रहेको १५० मिटर लामो र ५० मिटर चौडा रहेको दह पनि रहेको छ । सहस्रलिंग, नागढुंगा, ताल, दुर्लभ बझांगी भ्यागुता खप्तडले पाएका भिन्नै उपहार पनि हुन् ।

प्रकृतिले त खप्तड धनी छ नै । धार्मिक रूपले पनि खप्तड क्षेत्र त्यतिकै प्रसिद्ध रहेको पूर्वीचौकी गाउँपालिकाका कांग्रेस नेता रामप्रसाद उपाध्यायले बताए । उनले भने, ‘खप्तड क्षेत्र जति प्राकृतिक रूपमा धनी छ, त्यत्ति नै धार्मिक रूपमा पनि धनी छ । खप्तड गएपछि त्यहाँको रमणीय वातावरणले फर्कनै मन लाग्दैन ।’ खप्तडको त्रिवेणी मन्दिर धार्मिक रूपले अत्यन्त महत्वपूर्ण मानिन्छ । गंगा दशहराका दिन पुजिने त्रिवेणी मन्दिरमा दर्शनार्थीहरूको ओइरो लाग्ने गर्छ ।

त्यो सँगै खप्तड बाबाको कुटीको पनि विशेष महत्व छ । समुद्री सतहदेखि करिब दुई हजार ७०० देखि ३ हजार २ सय २७ मिटरसम्मको उचाइमा अवस्थित खप्तड २ सय २५ वर्गकिलोमिटरको क्षेत्रफलमा फैलिएको छ । कहिले हिउँभित्र लुक्ने त कहिले रंगीचंगी फूलहरूसँग जिस्कने खप्तड धेरैका लागि अध्ययनको विषयवस्तु पनि भएको डोटीका नेकपाका नेता तथा संघीय सांसद प्रेमबहादुर आलेमगरले बताए । गंगा दशहराको वेला खप्तडको त्रिवेणीमा भव्य मेला लाग्ने गर्छ ।

पर्यटकीय दृष्टिले खप्तड अत्यन्त उर्वर क्षेत्र भएको स्थानीयको दाबी छ । यस क्षेत्रमा पर्यटक भित्र्याउन सक्ने हो भने खप्तडको सिमाना जोडिएका बझाङ, अछाम, बाजुरा र डोटी जिल्लाको आर्थिक गतिविधि बढ्ने खप्तड मध्यवर्ती क्षेत्र विकास समितिका पूर्वअध्यक्ष लालबहादुर खड्काले बताए । उनले भने, ‘खप्तड क्षेत्रमा पर्यटक मात्रै भित्र्याउन सके यहाँका चार पहाडी जिल्लाको विकास उल्लेख्य मात्रामा हुने देखिन्छ । अरूभन्दा खप्तडको विकास गर्न सके राम्रो ।’

खप्तड क्षेत्र पर्यावरणीय र धार्मिक पर्यटक सँगै अनुसन्धानकर्ताका लागिसमेत उपयुक्त भएकाले वातावरण बनाउन सके खप्तडमा पर्यटकको ओइरो लाग्ने खप्तड पर्यटन विकास समितिका पूर्वअध्यक्ष पूर्णराज जोशीले बताए । उनले भने, ‘खप्तडमा पर्यटन प्रवद्र्धन गर्न सकिए अर्बौं रुपैयाँको कारोबार हुनेछ ।’ पर्यटन बाहेक खप्तडको जडीबुटी र वनस्पति पनि अरु आयस्रोत हुन् । जंगली विषदेखि संजीवनी बुटीसम्म खप्तडमा रहेकाले त्यसको सही सदुपयोग हुन जरुरी रहेको खप्तड क्षेत्रमा आएका अनुसन्धानकर्ता नारायण रूपाखेतीले बताए ।

खप्तड राष्ट्रिय निकुञ्जमा वार्डेनका रूपमा समेत काम गरिसकेका रूपाखेतीले खप्तडको जडीबुटीको मात्र सदुपयोग गर्ने हो भने सिंगो सुदूरपश्चिम धान्न सक्ने आर्थिक लाभ हुने दाबी गरे । उनका अनुसार त्यहाँको जडीबुटीको उचित प्रयोग हुन सकेको छैन ।

खप्तडको प्रचारप्रसार र पर्यटन विकासका लागि विसं ०६३ सालमा खप्तड पर्यटन विकास समितिको गठन भएको थियो । त्यसयता झण्डै २२ करोड रूपैयाँ विकास समितिमा आइसकेको छ तर, अहिलेसम्म पर्यटकलाई खाने बस्नेसमेत खासै व्यवस्था खप्तडमा हुन सकेको छैन । खप्तडको बीचपानी र पाटनमा दुईवटा पाहुना घर बनाइएको भए पनि ती बस्न लायक नभएको हालै खप्तड पुगेर फर्किएका सञ्चारकर्मी मोहन शाहीले बताए ।

बन्ने हरेक समिति र त्यहाँका कर्मचारी बर्सेनि आर्थिक अनियमितताको आरोपमा मुछिँदै आउने गरेका छन् । खप्तड मध्यवर्ती क्षेत्र विसं ०६१ सालमा गठन भएको हो । यसअन्तर्गत चार जिल्लाका २१ गाविस रहेका थिए । त्यसका तत्कालीन संस्थापक अध्यक्ष लालबहादुर बोगटी खप्तडका कारण यस क्षेत्रको विकासमा भन्दा समस्यामा बढी अल्झिनुपरेको दुःखेसो गर्छन् । त्यस्तै, निकुञ्जले गरेको आम्दानीमध्ये ५० प्रतिशत रकम मध्यवर्ती क्षेत्रका बासिन्दाका लागि खर्च गर्नुपर्ने प्रावधान छ तर, निकुञ्जको आम्दानी पुग्दो छैन ।

निकुञ्जका वार्डेन लालबहादुर भण्डारीले भने, ‘पर्यटकबाट केही आम्दानी हुन्थ्यो, त्यो पटक्कै छैन । अरू आयस्रोत अहिले निकुञ्जसँग छैन ।’ निकुञ्जबाट आएका वन्यजन्तुले अन्नपात खाइदिने, मान्छेमाथि आक्रमण गर्ने गरेकाले मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दा बढी निरास छन् । निकुञ्ज भएकाले आफ्ना वस्तुभाउको चरिचरन गर्न पनि समस्या भएको स्थानीय बताउँछन् ।

प्रतिक्रिया