कतारको समुन्द्रमा पौडी खेल्दा नेपालीको मृत्यु

तस्वीर: ललितकै फेसबुकबाट ।

कतार । बैदेशिक रोजगारीका क्रममा बिगत १३ वर्षदेखि कतारमा कार्यरत रहेका सागुरीगढी गाउँपालिका–३ धनकुटाका ललितबहादुर लिम्बुको आइतबार दिउँसो पौडी खेल्ने क्रममा समुन्द्रको छालमा परी निधन भएको छ ।

लिम्बु कतारमा धनकुटा सेवा समाजको पूर्वअध्यक्ष एवं वर्तमान प्रमुख सल्लाहकारलगायत विभिन्न सामाजिक संस्थामा रहेका थिए ।

उनको निधनले नेपाली समुदायमा क्षति पुगेको भन्दै धनकुटा समाजका महासचिव रवीन मगरद्वारा जारी शोक वक्तव्यमा चाँडै नै शव नेपाल पठाउन दूतावाससँग समन्वय भइरहेको जानकारी दिँदै दुख व्यक्त गरेका छन् ।

प्रतिक्रिया