‘राष्ट्रिय खेलकुद दुई वर्षकै अन्तरमा हुन्छ’

काठमाडौं । सरकारले हरेक २ वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले हरेक दुई वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका हुन् ।  आइतबार राष्ट्रिय खेलकुद परिषद्ले काठमाडौंमा आयोजना गरेको चालु आर्थिक वर्षको खेलकुद भौतिक पूर्वाधार तथा योजनासम्बन्धी मन्त्री विश्वकर्माले यस्तो बताउनु भएको हो । गोष्ठीमा बोल्दै उहाँले राष्ट्रिय खेलकुद प्रतियोगिता सबै प्रदेशमा चक्रीय प्रणालीअनुसार आयोजना गर्ने योजना पनि सार्वजनिक गरेका छन् ।

सबै प्रदेशको खेलकुद क्षेत्रको भौतिक पूर्वाधार निर्माण पनि हुने भएकाले सरकारले सबै प्रदेशमा चक्रीय प्रणालीअनुसार राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको उनले स्पष्ट पारे । मन्त्री विश्वकर्माले अबको डेढ वर्षभित्र गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुनेगरी आवश्यक योजना तय गरिएको पनि बताए ।

उनले १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताको तयारीको कामलाई तीव्रता दिन पनि मातहतका सबै निकायलाई सचेत गराए । मन्त्री विश्वकर्माले सरकारले खेलकुद क्षेत्रको विकासका लागि विद्यालय तहमा खेलकुद ग्रामको विकास गर्न चाहेको पनि स्पष्ट पारेका छन् । कार्यक्रममा उनले राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीलाई सुशासनमा जोड दिन पनि निर्देशन दिए ।

प्रतिक्रिया