अन्तर्राष्ट्रिय युवा दिवसको नेपाली सन्दर्भ

संयुक्त राष्ट्रसंघको औपचारिक आह्वानमा प्रत्येक वर्ष अगस्ट १२ तारिखलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने औपचारिक घोषणा भएअनुसार विश्वका अधिकांश देशमा यो दिवस मनाउँदै आइएको छ ।

अन्तर्राष्ट्रिययुवा दिवसको थालनी सन् १९९८ को अगस्टमा पोर्चुगालको राजधानी लिस्वन सहरमा आयोजना भएको थियो । विश्वका विभिन्न देशका युवा मन्त्रालय हेर्ने मन्त्रीहरूको विश्व सम्मेलनले सर्वसम्मत रूपमा सुझावसहित पारित गरेको प्रस्तावका आधारमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउने परिपाटीको संस्थागत संयुक्त राष्ट्रसंघ साधारणसभाले गरेको हो । यसै सम्मेलनको उपलब्धिको रूपमा विश्व सन्दर्भमा युवाहरूको भुमिका र प्रभावका बारेमा खाका तयार भएको थियो ।

सम्मेलनको सुझाव अनुसार सन् १९९९ को डिसेम्बरमा भएको सयुंक्त राष्ट्रसघंको साधारणसभाले सर्वसम्मतरूपमा पारित गरेको प्रस्तावअनुसार प्रत्येक वर्षको अगस्ट १२ तारिखलाई अन्तर्राष्ट्रिय युवा दिवसकोरूपमा मनाउँदै आइएको छ । यसै सन्र्दभमा प्रत्येक वर्षको यस दिवसलाई सार्थकता दिन विशेष नाराका साथ युवाहरूलाई विकास र सहभागितामा अधिकतम परिचालन गर्ने उद्देश्यका साथ युवा केन्द्रित मुद्दा तथा तत्सम्बन्धी चेतनामूलक कार्यक्रमहरू परिलक्षित रहेका छन् ।

यस वर्ष दिवसको अन्तर्राष्ट्रिय नारा ुशिक्षामा रूपान्तरणु र नेपालको नारा शिक्षामा रूपान्तरणः उद्यमशीलता र नवप्रवर्तनु रहेकोछ । विश्व समुदायमा युवाको भूमिका र उनीहरूले खेल्ने कार्यगत प्रभावका बारेमा प्रकाश पार्ने तथा समुदायका आवश्यकता पूर्ति गर्न उनीहरूको योगदानलाई बढावा दिन यस दिवसको कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गर्ने नै छ ।

विश्वका विभिन्न युवाहरूको आ—आफ्नो देश, काल परिस्थितिअनुसारका आवश्यकता तथा समस्याहरू रहेकाछन् । साझा प्रयास र प्रतिबद्धता आजको आवश्यकता पनि हो । भोलिको सुन्दर भविष्यको कोरा कल्पनामा मात्र हामीले हाम्रो शक्ति र ऊर्जा खर्च गर्ने समय छैन् । यसका लागि हामीले अहिले नै केही परिवर्तन र रूपान्तरणका दिशामा ठोस कार्यको आवश्यक छ । युवा विकास तथा सामाजिक रूपान्तरणका लागि राष्ट्रिय नीति तथा युवा लक्षित कार्यक्रममा सबै क्षेत्र र वर्गको साझा सोच, चिन्तन र दिशाबोध उजागर हुनु सान्दर्भिक देखिन्छ ।

नेपालमा पनि विगतका वर्षहरू देखि नै निरन्तररूपमा अन्र्तराष्ट्रिय युवा दिवसलाई विशेष महत्वका साथ लिएर मनाउँदै आइएको छ । नेपालमा अन्तर्राष्ट्रिय युवा दिवसको सान्र्दभिकता र महत्वलाई मनन गर्दै सरकारी तथा गैर—सरकारी र नागरिक समाजको सहकार्यमा यो दिवसले केही महत्व पाएको छ । यस दिवसले नेपालको सन्दर्भमा युवालाई विकासको साझेदारी र परिवर्तनको संवाहककारूममा महत्व दिएर युवा केन्द्रित कार्यक्रमलाई सरकारको नीतिगत कार्यक्रममा पनि समावेश गरिएको छ ।

नेपालका युवाहरूको विकास तथा उनीहरूमा रहेका सिर्जनशीलता, ऊर्जा र उनीहरूले देश विकासमा पु¥याउन सक्ने योगदानको सम्भाव्यतालाई मनन गरी केही वर्षअघि नै युवा तथा खेलकुद मन्त्रालयले संस्थागत रूपमा युवा केन्द्रित कार्यक्रमहरू सञ्चालन गरी आएका छन् । सरकारीस्तरमा नै युवा तथा खेलकुद मन्त्रालयको अगुवाइमा विगतका वर्षहरूदेखि नै युवा लक्षित कार्यक्रमहरू अघि नबढेका होइनन् ।

तरै पनि देश विकासको मेरुदण्डका रुपमा रहेका युवाहरूको समयानुकूल विकास र उनीहरूको सीप, शिक्षा तथा ज्ञानको उपयोगका लागि ठोस तथा परिणाममुखी कार्य नभएको सन्दर्भमा यस्ता सरकारी निकायले आफ्ना आगामी कार्यक्रम तथा नीतिगत योजनामा युवा लक्षित कार्यक्रमलाई यथोचित बजेट विनियोजन, रोजगारीका अवसरको सिर्जना तथा स्वावलम्बी र उद्यमशील युवा जनशक्ति निर्माणका दिशामा कार्य भएका खण्डमा युवा दिवस मनाउनुको सार्थकता हुने थियो ।

राष्ट्रिय युवा परिषद्को गठन भयो । यसका सञ्चालक तथा पदाधिकारीहरूले युवा विकास र मुलुकको विकासको साझेदारीका प्रमुख ऊर्जा वा शक्तिकारूपमा रहेका युवालाई उत्साहित, प्रोत्साहित र उद्यमी वनाउने खालका ठोस कार्यक्रम ल्याउन सकेको छैन् । युवालाई सीपसँग जोड्ने, युवालाई रोजगारीसँग गाँस्ने, युवालाई उद्यमी बनाउने तथा नवप्रवर्तनका क्षेत्रमा प्रोत्साहन गर्ने, खेलकुद र अन्तर्राष्ट्रियता भावनाको विकास गर्ने दिशामा राष्ट्रिय युवा परिषद्ले केही गर्नुप¥यो । चर्चामा आएको छ , यसै महिनाको अन्त्यतिर युवा परिषद्ले उद्यमशीलता र युवा सम्बन्धी राष्टियस्तरको सम्मेलन गर्दैछ । यो सम्मेलनले युवाका माग र आवश्यकतालाई केही हदसम्ममात्र भए पने सम्बोधन गर्न सकेमा यस्ता दिवसले सार्थकतातर्फको सकारात्मक दिशागमन गर्ने थियो की ?

मुलुकको सक्रिय जनसंख्या युवा हुन् । यिनीहरूको सीप र ज्ञानको भरपुर उपयोग गरिनु पर्दछ स्वदेशमै । जसका लागि प्रभावकारी युवा नीति र कार्यक्रम ल्याइनु पर्दछ । देशका ४०÷५० लाखको हाराहारीका युवा रोजगारीका लागि विदेश पलायन हुनु हाम्रो ठुलो चुनौती हो । युवाका मागलाई सम्बोधन गरौँ, यही काम, पैसा र सम्मानको परम्परालाई दरिलो संस्थागत गरौँ । श्रम तथा रोजगार मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय लगायत सम्बन्धित सबै सरकारी गैरसरकारी र नीजिक्षेत्रले सहकार्य र सहयोगका क्षेत्र विस्तार गरेमा केही परिवर्तनको आभाष पाउन सकिन्छ ।

यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा युवा तथा खेलकुद मन्त्रालयले विभिन्न क्षेत्रमा योगदान पु¥याउने १० जना युवाहरूलाई युवा प्रतिभा सम्मानको घोषण गरी सकेकोछ । राष्ट्रिय युवा प्रतिभा कार्यविधि २०७२ अनुसार राष्ट्रिय युवा प्रतिभा छनौट सिफारिस समितिबाट सिफारिस भईआएका १० जना युवा व्यक्तित्वहरूलाई सम्मान गर्न लागिएको हो । विशेषतः शिक्षा, विज्ञान तथा प्रविधि, उद्यमशीलता, सूचना प्रविधि तथा सञ्चार, कृषि, कला तथा संस्कृति, समाजसेवा, साहित्य सिर्जना तथा सामाजिक रुपान्तरणका क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने युवा प्रतिभाहरूको सम्मान गर्ने परम्पराले भोलीका युवाहरूमा देश विकास तथा परिवर्तनका क्षेत्रमा कार्य गर्न थप ऊर्जा र हौसला प्रदान गर्ने नै छ ।

यसका साथै नेपाली शिक्षित युवालाई लक्षित गरी अघि बढाइएको युवा स्वरोजगार कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वनमा ल्याउनका लागि सम्बन्धित निकायको ध्यान जानु पर्दछ । निश्चित कार्यविधि तथा कार्यान्वयनको प्रभावकारीताको वातावरण सिर्जना गरी युवा उद्यमशीलता विकास तथा स्वदेशमा केही गर्ने युवाको उदाहरणीय जमात तयार गर्ने दिशामा यो युवा स्वरोजगार कार्यक्रम लक्षित रहनु पर्दछ । जसले गर्दा एकहदसम्म रोजगारीका लागि खाडी लगायतका मुलुकहरूमा ओइरिने नेपाली युवाको चापलाई केही भए पनि कम गर्न सकिन्थ्यो की ?

युवा नीति—२०७२,युथ भिजन—२०२५ तथा अन्तर्राष्ट्रिय कानुन र युवा लक्षितमुद्दा कार्यान्वयनले नेपालका युवाहरूमा देखिएको विकराल समस्या लागु पदार्थ दुव्र्यसन, वेरोजगारी लगायतका समस्याको पेचिलो सम्बोधन र यस्ता समस्याको दिशामा कायक्रम परिलक्षित हुनुपर्दछ । जसका लागि विद्यालयस्तर देखिनै खेलकुद तथा स्वस्थ मनोरन्जन र युवाहरूलाई नवीन सिर्जनात्मक कार्यमा लगाउने दिशामा सम्बन्धित निकायको ध्यान पुग्नुपर्दछ । युवालाई विकास तथा सिर्जनाका क्षेत्रमा अभिमुख गर्न उनीहरूको मनोवल उच्च राख्ने सवालमा सरोकारवाला निकायले युवामैत्री वातावरण बनाउने कार्यको प्रभावकारिता आजको आवश्यकता पनि हो ।

पछिल्लो समयमा नेपालका युवाहरूको सबैभन्दा समस्याका रूपमा बेरोजगारी तथा उनीहरूले आर्जन गरेका सीप र ज्ञानको यथोचित उपयोगको वातावरण निर्माण नै हो । नेपालका युवाहरू रोजगारीका लागी वर्षेनी हजारौँका संख्यामा मध्यपूर्वका खाडी मुलुक, मलेसिया तथा दक्षिण कोरियामा कृषि, औद्योगिक, निर्माण तथा सेवा उद्योगमा रोजगारीका लागि गइरहेका छन् ।

यस्ता वैदेशिक रोजगारीका गन्तव्य मुलुकहरूमा गइरहेका नेपाली युवाहरूको रोजगारीको ग्यारेन्टी, तलव र ज्यालाको न्यायोचित व्यवस्थापन, सुरक्षाको प्रत्याभूति र कार्यस्थलमा दुर्घटना भएमा यथोचित उपचारको व्यवस्थाका लागि सम्बन्धित निकायले जुन तदारुकताका साथ कार्य गर्नु पर्दथ्यो भन्ने सन्दर्भमा जन गुनासो छ । यस दिशामा सम्बन्धित देशमा कार्यरत राजदूतावास, श्रम सहचरी लागायतका निकायको ध्यान पुग्नुपर्दछ । नागरिकको सुरक्षित कार्य वातावरण, सेवा सुविधाको न्यायोचित वितरण लगायतका कुरा आधारभूत मानवाधिकारसँग पनि जोडिएका विषय हुन् ।

प्रचलित युवा नीतिको सवल कार्यान्वयन गर्न सकिएमा एकहदसम्म रोजगार, सीप आर्जन तथा अध्ययनका लागि वर्षेनी हजारौँ युवा विदेशमा जाने, सयौँ युवा जनशक्ति पलायन हुने परम्परालाई निरुत्साहित गर्न सकिन्थ्यो । यस दिशामा सबैको ध्यान पुग्न सकेको खण्डमा युवा दिवस मनाउनुले साार्थकता पाउने थियो । युवा परिवर्तनका सम्बाहक हुन, परिवर्तनका अनुयायी र चेन्ज मेकरको रूपमा नेपाली युवालाई राष्ट्र परिवर्तनको मूल धारमा ल्याउने दिशामा जुझारू र क्रियाशील बनाउन यस्ता दिवसका कार्यक्रमले अवश्य पनि मद्दत गर्ने छ जसका लागि इच्छाशक्ति, कार्ययोजना तथा युवा लक्षित कार्यक्रमको कार्यान्वयन आवश्यककता पनि हो । हाम्रा साझा चिन्तन यसैमा परिलक्षित हुनुपर्दछ ।

प्रतिक्रिया