विश्व

भारतको केरलामा बाढी, बीसको मृत्यु

सौर्य अनलाइन २०७६ साउन २४ गते १८:४१ मा प्रकाशित

एजेन्सी । दक्षिण भारतीय राज्य केरलामा गत २४ घण्टाभित्र आएको बाढीमा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको छ । यस बाढीको कारण २२ हाजार भन्दा बढी व्यक्ति विस्थापित भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । प्रत्यक्षदर्शीहरुका अनुसार केरलाको प्रायः भागमा आएको भारी वर्षापछि बाढीको प्रकोप निम्त्याएको हो ।

बाढीको प्रकोपबाट घरबारबिहीन भएका व्यक्तिहरुको लागि देशभरी ३ सय १५ ओटा उद्धार शिवीरहरु खोलिएको सरकारी अधिकारीहरुले जनाएका छन् । सो शिवीरहरुमा ५ हजार ९३६ परिवारका २२ हजार १६५ व्यक्ति व्ल्यक्ति शरण लिई बसेका जनाइएको छ ।

प्रतिक्रिया