कहिले अन्त्य होला कांग्रेसभित्रको महाभारत ?

 द्वापर युगमा आर्यव्रतमा सर्वशक्तिशाली देश थियो हस्तिनापुर । यतिवेलाको संयुक्त राज्य अमेरिकाको संसारभरि जस्तो वैभव र प्रभुत्व छ त्यतिवेला हस्तिनापुरको पनि संसारभर यस्तै बैभव तथा प्रभुत्व थियो । त्यतिवेलाका सर्वाधिक शक्तिशाली परशुरामलाई समेत पराजित गर्ने सामाथ्र्य बोकेका भीष्म पितामह हस्तिनापुरका अभिभावक थिए । जसले भगवानबाट इच्छा मृत्युको वरदान पाएका थिए ।

धनुर्विद्यामा पारंगत गुरु द्रोणाचार्य हस्तिनापुरको रक्षा कवच बनेका थिए । कहिल्यै नमर्ने वरदान पाएका ब्रह्मास्त्रधारी अश्वत्थामा पनि हस्तिनापुरका रक्षाकवच थिए । विदुरजस्ता महाज्ञानी मन्त्री थिए । यसबाहेक कर्ण, अर्जुन लगायतका धनुर्वीर । भीम, दुर्योधन लगायत मल्लयुद्धमा अपराजेय बलवान समेत हस्तिनापुरमा थिए । परमसत्यवादी युधिष्ठिर थिए । ज्ञानी ऋषि महर्षिहरू पनि त्यतिकै थिए । अरू देशहरूलाई चुड्कीको भरमा आफ्नो देशमा समाहित गर्न सक्ने सामाथ्र्य बोकेको हस्तिनापुर अखिर आँफै चकनाचुर भयो । हस्तिनापुरका महान योद्धाहरू, महान ज्ञानीहरू जब एकले अर्कोलाई सिध्याउने अभियान अन्तर्गत कुरुक्षेत्रको मैदानमा लडाइँ लडे । त्यो लडाइँले हस्तिनापुर ध्वस्त बनायो ।

हस्तिनापुरसँग जे थियो नेपाली कांग्रेससँग पनि त्यही छ । नेपाली कांग्रेससँग अहिले पनि यस्ता नेताहरू छन् जसको अगाडि अरू पार्टीका सबै नेताहरू तौलिने हो भने पनि पुग्दैन । राजनीति र रणनीतिमा पारंगत नेता खोज्ने हो भने प्रदीप गिरी अद्वितीय छन् । उनी जत्तिको अध्ययनशील तथा व्याख्या गर्ने क्षमता भएको नेता मुलुकमा अर्को छैन । उनी नेपाली कांग्रेसमै छन् । डा. रामशरण महतले योग्य अर्थशास्त्रीका रूपमा अन्तर्राष्ट्रिय निकायबाट पटक पटक पुरस्कार प्राप्त गरेका छन्

यतिवेला नेपाली कांग्रेसले पनि त्यही हस्तिनापुरको नियति बेहोर्दै त छैन ? भन्ने प्रश्न उठ्न थालेको छ । हस्तिनापुरसँग जे थियो नेपाली कांग्रेससँग पनि त्यही छ । नेपाली कांग्रेससँग अहिले पनि यस्ता नेताहरू छन् जसको अगाडि अरू पार्टीका सबै नेताहरू तौलिने हो भने पनि पुग्दैन । राजनीति र रणनीतिमा पारंगत नेता खोज्ने हो भने प्रदीप गिरी अद्वितीय छन् । उनी जत्तिको अध्ययनशील तथा व्याख्या गर्ने क्षमता भएका नेता मुलुकमा अर्को छैन । उनी नेपाली कांग्रेसमै छन् । डा. रामशरण महतले योग्य अर्थशास्त्रीका रूपमा अन्तर्राष्ट्रिय निकायबाट पटक पटक पुरस्कार प्राप्त गरेका छन् ।

सन् १९९० मा शीत युद्धको समाप्तिपछि विश्वमा राज्य नियन्त्रित उद्योग व्यवसायको युग समाप्त भयो । ठीक त्यहीवेला नेपालमा पनि डा. महतले राज्य नियन्त्रित उद्योग व्यवसायको युग समाप्त गरी नेपाललाई उदार अर्थतन्त्रको नयाँ युगमा प्रवेश गराए । डा. महतको त्यो नीतिलाई झलनाथ खनाल र केपी ओलीले मात्रै होइन कम्युनिस्ट क्रान्तिको सपना बोकेका पुष्पकमल दाहल प्रचण्ड र डा बाबुराम भट्टराईले समेत अनुशरण गरे ।

केही महिनाअघि ओली सरकारले अन्तर्राष्ट्रिय लगानी सम्मेलन समेत ग¥यो । डा. महत नेपाली कांग्रेसकै नेता हुन् । डा. मीनेन्द्र रिजाल व्यवस्थापन विषयको प्राध्यापन गरेर अमेरिकामा ख्याति कमाइ सकेका नेता हुन् । क्यानडाका विभिन्न विश्वविद्यालयले डा नारायण खड्कालाई भिजिटिङ प्रोफेसरका रूपमा अहिले पनि बोलाउने गर्छन् । डा. रामशरण महतले अमेरिककाको प्रसिद्ध हवार्ड विश्वविद्यालयबाट अर्थशास्त्रमा पिएचडी गरेका हुन् । शैक्षिक योग्यता कम भएकाहरू राजनीतिमा हावी भएको चर्चा यतिवेला पनि जारी छ ।

तर नेपाली कांग्रेसको केन्द्रीय समितिमा हेर्ने हो भने पिएचडी गरेका नेताहरूको संख्या एक दर्जनभन्दा माथि छ । स्नातकोत्तर उतीर्ण नगर्नेहरूको संख्या नेपाली कांग्रेसको केन्द्रीय समितिभित्र नगण्य छ । आरक्षणको कोटामा केन्द्रीय सदस्य बन्नेहरूमध्ये पनि केहीले पिएचडी तथा स्नातकोत्तर गरेका छन् । राजनीतिक संघर्षका हिसाबले भन्ने हो भने सभापति शेरबहादुर देउवाले ९ वर्ष जेल जीवन बिताएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले १६ वर्ष जेल जीवन बिताएका छन् । उनले करिब एक दर्जन जति त पुस्तक नै लेखेका छन् ।

२०४६ सालको परिवर्तनपछि पार्टी राजनीतिमा होमिएका युवा नेताहरू तर्फ हेर्ने हो भने डा. चन्द्र भण्डारी, गगन थापा, गुरु घिमिरे, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, कल्याण गुरुङ, उदयशमशेर जबरा, बद्री पाण्डे, जीवन परियार लगायत दर्जनौ छन् । अर्थात द्वापर युगको हस्तिनापुरसँग अरू देशको तुलनामा जति सशक्त जनशक्ति थियो यतिवेला पनि नेपाली कांग्रेस सँग अरू पार्टीको तुलनामा त्यति नै शसक्त जनशक्ति छ । तर, त्यो हस्तिनापुर जस्तै यो नेपाली कांग्रेसको सामाथ्र्य पनि आपसी द्वन्द्वकै कारण दिन प्रतिदिन क्षीण बन्दै गएको छ । यो अथाह शक्ति हुँदाहुँदै पनि यतिवेला नेपाली कांग्रेस अत्यन्त निरीह र कमजोर देखिएको छ । जसरी राजा धृतराष्ट्रको कमजोरीका कारण हस्तिनापुर ध्वस्त भएको थियो त्यसरी नै नेपाली कांग्रेस ध्वस्त हुँदै त छैन ? भन्ने प्रश्न यतिवेला जोडतोडका साथ उठेको छ ।

जनताको साथ र समर्थन घटेका कारण कांग्रेसको भूमिका कमजोर भएको हो कि ? भन्ने प्रश्नको उत्तर खोज्ने हो भने पनि त्यस्तो अवस्था देखिँदैन । चुनावको मत परिणामलाई हेर्ने हो भने कांग्रेसप्रतिको जनसमर्थन घटेको देखिँदैन । २०६५ को संविधानसभा निर्वाचनमा २३ प्रतिशत मत प्राप्त गरेको कांग्रेसले २०७० सालको संविधानसभा निर्वाचनमा ३० प्रतिशत मत प्राप्त ग¥यो । गत निर्वाचनमा ३४ प्रतिशत मत प्राप्त ग¥यो । तर उल्लेखनीय रूपमा मत बढ्दै गर्दा पनि भूमिकाका हिसाबले कांग्रेस दयनीय देखिनु भनेको नेतृत्वको कमजोरी हो ।

सैद्धान्तिकरूपमा अन्योल भएकोले कांग्रेसको भूमिका कमजोर भएको हो कि ? भनेर विश्लेषण गर्ने हो भने पनि यर्थाथता त्यस्तो छैन । अहिले मुलुकमा जुन प्रकारको शासन व्यवस्था छ त्यो नेपाली कांग्रेसको स्थापनाकाल देखिकै लक्ष हो । नेपाली कांग्रेसको त्यही लक्ष्यमा मुलुकका सबै पार्टीहरू आइपुगेका छन् । अर्थात् नेपाली कांग्रेसले स्थापनाकालदेखि जुन सिद्धान्तका लागि लडाइँ गरेको थियो त्यो सिद्धान्त यतिवेला मुलुकका सबै पार्टीहरू आएका छन् । मुलुकमा नेपाली कांग्रेसको राजनीतिक सिद्धान्त तथा आर्थिक सिद्धान्त लागू हुनु तर नेपाली कांग्रेसको भूमिका कमजोर हुनु भनेको नेतृत्वकै कमजोरी हो । मुलुकको शासन सञ्चालनको बागडोर पाएको वेला अथवा राजनीतिक नेतृत्व गर्ने अवसर पाएको वेला चुकेका कारण अहिले नेपाली कांग्रेसको भूमिका कमजोर भएको हो कि ? भनेर विश्लेषण गर्ने हो भने पनि यर्थाथता त्यस्तो देखिँदैन ।

विगत ७५ वर्षको इतिहास हेर्ने हो भने पछिल्लो तीन वर्ष बाहेक नेपाली कांग्रेस आफ्नो जिम्मेवारी तथा भूमिकामा कहिल्यै असफल भएको देखिँदैन । देउवाबाहेक नेपाली कांग्रेसका हरेक प्रधानमन्त्री तथा हरेक सभापतिहरूले नयाँ इतिहास रचेका छन् । मुलुकमा युगान्तकारी परिवर्तनको नेतृत्व गरेका छन् । विपी काइरालाले के गरे ? भन्ने कुरा यहाँ उल्लेख गरिरहनु पर्दैन । सुवर्णशमशेर राणाले मुलुकबाट जमिनदारी प्रथा उन्मूलन गरे, समाजवादी ढाँचाको आर्थिक सिद्धान्त दिए ।

कृष्णप्रसाद भट्टराईको नेतृत्वमा पञ्चायती व्यवस्था उन्मूलन भयो । एक वर्षभित्रै नयाँ संविधान ल्याएर आम निर्वाचन गरायो । गिरिजाप्रसाद कोइरालाको पालामा गणतन्त्र आयो, संविधानसभाको निर्वाचन सम्पन्न भयो । सुशील कोइरालाको पालामा संविधानसभाद्वारा नयाँ संविधान निर्माण भयो, जुन काम सम्पन्न गर्न कम्युनिस्ट नेतृत्वका चार–चार वटा सरकार असफल भएका थिए । सफलता नै सफलताको विरासत बोकेको नेपाली कांग्रेस यतिवेला पंगु र भूमिकाविहीन हुनुमा नेतृत्वलाई बाहेक अरुलाई दोष दिन मिल्दैन ।

अब स्थानीय निर्वाचनको मिति आउन दुई वर्ष, प्रदेशसभाको निर्वाचनको मिति आउन साढे दुई वर्ष र प्रतिनिधिसभा निर्वाचनको मिति आउन तीन वर्ष बाँकी छ । तर सभापति देउवा आफ्नो कार्यकाल डेढ वर्ष थप्ने अभियानमा छन् । यदी डेढ वर्ष म्याद थपियो भने कांग्रेसको महाधिवेशन र स्थानीय तहको निर्वाचनको समय जुध्छ । महाधिवेशनका सन्दर्भमा आपसी चुनाव लड्दाको तुष स्थानीयतहको निर्वाचनमा पोखिन्छ । घात अन्तर्घात स्वभाविकरूपमा बढ्छ । त्यसपछि नेपाली कांग्रेस नसकिए, कुन पार्टी सकिन्छ ?

प्रतिक्रिया