छोरी गाउँ……

सुन्दा अनौठो । अपत्यारिलो लाग्ने । आजको युगमा छोरा वा छोरी के जन्मिने भन्ने कुरा पनि ठाउँले फरक पार्छ ? सायद पार्दोरहेछ कि । त्यहीँ भएर होला युरोपको एउटा गाउँमा सधैँ छोरी मात्रै जन्मिने गरेका छन् । उक्त गाउँमा पछिल्लो नौ वर्षयता एउटा पनि छोराको जन्म भएको छैन ।

युरोपमा पर्ने चेक गणतन्त्र र पोल्यान्डको सीमा क्षेत्रमा रहेको एउटा गाउँमा केवल छोरी मात्रै जन्मिन्छन् । मिजेस्के ओद्रजेनस्की नामको उक्त गाउँमा नौ वर्षयता छोरा जन्मिएका छैनन् । त्यसै कारणले त्यहाँका मेयरले घोषणा नै गरेका छन् । उनको घोषणाअनुसार गाउँमा छोरा जन्माउने दम्पतीलाई अब पुरस्कार दिइनेछ ।

युरोपमा पर्ने चेक गणतन्त्र र पोल्यान्डको सीमा क्षेत्रमा रहेको एउटा गाउँमा केवल छोरी मात्रै जन्मिन्छन् । मिजेस्के ओद्रजेनस्की नामको उक्त गाउँमा नौ वर्षयता छोरा जन्मिएका छैनन् । त्यसै कारणले त्यहाँका मेयरले घोषणा नै गरेका छन् । उनको घोषणाअनुसार गाउँमा छोरा जन्माउने दम्पतीलाई अब पुरस्कार दिइनेछ

समाचारमा जनाइएअनुसार उक्त गाउँमा पछिल्लोपटक सन् २०१० मा एक दम्पतीले छोरा जन्माएका थिए । त्यसपछि गाउँमा जन्मिएका सबै बच्चा छोरी मात्रै रहेका छन् । ९ वर्षअघि छोरा जन्माएका ती दम्पतीहरू पनि गाउँ छाडेर अन्यत्र गएर बसोवास गनै थालेका छन् ।

झण्डै तीन सय जनसंख्या रहेको सो गाउँको यो अनौठो घटना दुनियाँभर अहिले चर्चाको विषय बनेको छ । यो गाउँमा महिलाको तुलनामा पुरुषको जनसंख्या नगन्य छ । गाउँमा बच्चाबच्चीहरूमा एकजना मात्र बालक छ, जसको उमेर १२ वर्ष छ । अरू सबै बालिकाहरू छन् । भारतको एउटा गाउँमा केही समयअघि छोरा मात्रै जन्मिएको भन्दै समाचार आएको थियो ।

गाउँका दम्पत्तिहरूमा केवल छोरीको मात्र जन्म हुने यो विचित्र घटनालाई लिएर विज्ञहरू पनि अचम्मित भएका छन् । छोरा जन्मनु किन दुर्लभ बन्यो ? भन्ने विषयमा अनुसन्धानसमेत गर्न थालिएको छ । पोल्यान्डको वार्सास्थित एक विश्वविद्यालयले यो गाउँमा अनुसन्धान सुरु गरेको हो ।

प्रतिक्रिया