कोरिया एनआरएनकाे चुनावमा अगाडि देखिँदै बिपिन गुरुङ

दक्षिण कोरिया । नजिकिँदै गरेको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) दक्षिण कोरियाको निर्वाचनमा नेतृत्वका लागि दावी गर्नेको संख्या बढ्नेक्रम जारी छ । जसका कारण चुनावी सरगर्मी दिनदिनै बढिरहेको छ । कोरियामा रहेका क्रियाशिल संघ संस्थाहरुले दैनिक जस्तो बैठक, भेला, जनसभा र छलफललाई तीव्रता दिएका छन् ।

आगामी कार्याकालका लागि हुने एनआरएनको निर्वाचन २१ सेप्टेम्बर देखि २२ सेप्टेम्बर सम्म हुँदैछ । निर्वाचन नजिकिएसँगै एनआरएनका वर्तमान अध्यक्ष लक्ष्मी गुरुङले भने दोस्रो कार्यकालका लागि आफूले उम्मेदवारी दिने कि नदिने यस विषयमा विचाराधीन रहेको बताएकी छन् ।

उनको दुई वर्षे कार्यकाल सकिन मात्र २ महिनाको हाराहारी बाँकी छ । एनआरएनको आगामी नेतृत्वका लागि अब को को उम्मेदवार बन्लान् ? कसले नेतृत्व पाउला ? भन्ने कुराको ठुलै चर्चा सुरु भएको छ । यहि चर्चा चलिरहेकै बेलामा आगामी कार्यकालका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष विपिन गुरुङले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।त्यस्तै अध्यक्ष पदकै उम्मेदवारका रुपमा बुद्धि गुरुङ र यज्ञराज सुवेदी समेतले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

अध्यक्ष पदका दावेदार वर्तमान वरिष्ठ उपाध्यक्ष गुरुङले भने, आफू चुनाव जित्ने पक्का रहेको दाबी गरेका छन् । गुरुङका अनुसार आँफुले गरेको काम, कर्तव्य र एनआरएन प्रती सदैव रहेको आफ्नो उतरदायी भुमिकाले आज यो ठाउँमा ल्याएको बताए । यहाँका एनआरएन नेपाली बासीहरुको पुर्ण साथ र सहयोग रहनुका साथै संस्थालाई गति दिनसक्ने योग्य र सक्षम समेत आफु रहेकोले जित सुनिश्चित भएको जिकिर गरे ।

यद्यपि बर्तमान अध्यक्ष लक्ष्मी गुरुङले नयाँ नेतृत्वका लागि अन्तिमसम्म सहमति कायम गरेर अगाडी बढ्न आफू लागीपरेको बताउँछिन् । तर, गुरुङले कसलाई सहयोग गर्ने र जिताउने हुन् । वर्तमान अध्यक्ष गुरुङले नयाँ नेतृत्वमा संस्थालाई गति दिन सक्ने योग्य, सक्षम र बलियो ब्यक्ति हुनुपर्ने बताएकी छन् ।

प्रतिक्रिया