डिप्रेसन-एक मानसिक रोग र निवारण

आजका युवाहरूमा सबैभन्दा ठूलो मानसिक रोग भनेको नै डिप्रेसन हो । यसै डिप्रेसनका कारण आत्महत्याको संख्या दिन दिनै बढ्दै गइरहेको छ । यो विश्वकै ठूलो समस्या बन्दै गइरहेको छ । नेपालकै सन्दर्भमा हेर्ने हो भने पनि यो समस्या निकै जटिल बन्दै गइरहेको छ। एउटा आँकडानुसार नेपालमै पनि दैनिक १५ जनाले आत्महत्याको प्रयास गरिरहेका छन्् । यो आँकडालाइ हेर्ने हो भने युवा मात्र नभएर हरेक उमेर समुहका व्यक्तिहरू डिप्रेसनको सिकार छन्् भन्ने पुष्टि गर्दछ । विश्व स्वस्थ्य संगठनका अनुसार प्रत्येक ४० सेकेन्डमा एक जनाले आत्महत्यकै कारण ज्यान गुमाइरहेका छन् । यसको प्रमुख कारण नै डिप्रेसन हो भनेर विभिन्न चिकित्सकहरू बताउँछन ।

यो डिप्रेसन मानसिक रोग हो । झट्ट हेर्दा रोग लागेको जस्तो देखिँदैन यसले व्यक्तिको मानसिक सन्तुलनमा गड्बडीका साथै जीवनप्रति उदेक लाग्नु, आफूलाई एक महत्वपुर्ण व्यक्ती हुँ भन्ने भावना नजाग्नु जस्ता लछ्णले गज्दछ । यस्ता मनोभावनाले गर्दा उनीहरूले अपराधिक कार्यहरू पनि गर्ने गर्दछन् । अहिले नेपालमा जति आपराधिक कार्यहरू भइरहेका छन्, बलात्कारका घटनाहरू दिन प्रतिदिन बढ्दै गइरहेका छन्् यसको मुख्य कारण पनि यिनै मानसिक रोग डिप्रेसन तथा फ्रस्ट्रेसनका कारणले बढ्दै गै रहेको हो भन्नु अतियुक्ति नहोला । डिप्रेस्ड व्यक्तिहरूले जीवनमा केही गर्ने लक्ष्य देख्दैनन् र के राम्रो वा नराम्रो भन्ने कुरा छुट्याउन सक्दैनन् क्षणिक मजाक रमाइलोको लागि नै आफ्नो ज्यान दाउमा लगाउँछन् । डिप्रेसन रोग वास्तवमा रोगभन्दा पनि एक मानसिक अवस्था हो । एउटा देशको सबै भन्दा ठूलो नोक्सान भनेको निराश डिप्रेस्ड युवाहरू नै हुन् ।

हाम्रो दिमागमा अक्सिजनको कमिले कन्फ्युजन, अन्योलजस्ता सिर्जना उत्पन्न गराउँछ जसको फलस्वरूप यस्ता डिप्रेसनको सिकार भइन्छ । नकारात्मक सोच भावनाले पनि एड्रेनलिनजस्ता हर्मोनको विकासले निराशजस्ता भावना उत्पन्न गराउँछ 

डिप्रेसन के हो ?
डिप्रेसन रोगभन्दा पनि एक मानसिक अवस्था हो । एक्लै बस्न मनलाग्ने, जीवन प्रति उदेक लागेर आउनु, कुनै कुरामा रमाउन नसक्नु, सधै निराश भइरहने, सुतिरहन मन लाग्ने, आत्मविश्वास खस्केर जानेजस्ता यी मानसिक रोगका प्रमुख लक्षणहरू हुन । मेन्टल डिसोर्डेर भएको छ भनी आफैँलाई थाहा भइरहेको हुँदैन । यसको सबैभन्दा खतराको पाटो हो यो । यसैले गर्दा आत्महत्यादेखि अन्य आपराधिक कार्यहरू गर्न उत्साहित भइरहेका हुन्छन् । यो रोगको अन्य व्यवहारिक कारणहरूको बारेमा डा. सरोज ओझा बताउनुहुन्छ–‘हिंसा, पारिवारिक झगडा र आर्थिक अभाव पनि यो रोगको सिकार हुनुको कारण हुन ।

यी व्यवहारिक कारणका साथै अन्य प्रमुख कारण पनि छन् जसले झन् यो रोगको सिकार हुनुमा प्रमुख भुमिका खेल्दछ त्यो हो नकारात्मक सोच । हामी मानव जाती यस्ता छौँ कि सकारात्मक हुनै जान्दैनौँ हरेक चिजमा नकारात्मक सोचको विकास गरिरहेका हुन्छौँ ।’ जीव विज्ञान ले के बताउँछ भने जब हामी नकारात्मक सोच्छौँ तब हाम्रो शरीरमा एड्रेनलिन हर्मोन उत्पादन हुन्छ जसले मुटुको धड्कन बढाउने, रगतको दबाबलाई बढाउने काम गर्दछ जसले गर्दा छिटो छिटो रिस उठ्ने र मान्छे छिटो निराश हुने कुनै क्षेत्रमा सम्भावना नदेख्ने जस्ता हुन्छन्् । यसको ठीक विपरीत सकारात्मक सोचको विकास गरेमा खुसी, शान्त, आनन्द र मायाजस्ता भावनाको वृद्धि गराउछ । के यस्तो मानसिक अवस्थाले कुनै जघन्य अपराध घटना घटाउलान् त ? पक्कै घटाउँदैन ।

डिप्रेसन कसरी थाहा पाउने ?

पहिलो कुरा त मलाई डिप्रेसन भएको छ भनेर थाहा पाउन नै मुस्किल हुन्छ यो रोग कुनै अन्य भौतिक रोग लागेकोजस्तो होइन यो त एक मानसिक अवस्था हो । यो रोग थाहा पाउन आफ्नो मानसिक अवस्थालाई बुझ्न सक्नुपर्दछ, फेरि यो रोग जन्म जातै आउने पनि होइन यो त घटना परिस्थितिअनुसार उत्पन्न हुने मनसिक रोग अथवा अवस्था हो । यो रोगका केही लक्षणहरू हुन्छन्

१)साथीहरू माझ घुल्मिल हुन नचाहनु २) कुनै कुरामा खुसी हुन नसक्नु
३) जीवनप्रति उदेक लागेर आउनु
४) बढी निन्द्रा लाग्नु अथवा सुतिरहन मन लाग्नु
५) आत्महत्या गर्ने खालका विचार मनमा आउनु
६) छ्ट्पट्टि चलिरहनु
७) मनमा नकारात्मक भावनाले प्राथमिकता पाइरहनु
८) कुनै चिजमा पनि आत्मविश्वास नहुनु

यी लक्षणहरू देखापरेको छन् भने ठान्नुस् तपाइलाई डिप्रेसनले गाँज्दै छ वा गाँजिसकेको छ । यस्तो भइरहेको छ भने तपाईंको शरिरमा एड्रेनलिन हर्मोनले बढी प्राथमिकता पाएको छ भनेर बुझ्नुस् । अब तपाईंले बुझ्नुपर्ने कुरा आफूलाई परिवर्तन गर्ने समय आएको छ । यो तपाईंको मौका हो अर्को नया जीवन जिउने, त्यसैले सकारात्मक बनाउनुस् आफूलाई ।

यसको समाधान र उपाय
डिप्रेसनको समाधान छ । यसको कारण बुझ्नु आवश्यक छ । वैज्ञानिकहरू बताउँछन्् हाम्रो दिमागमा अक्सिजनको कमिले कन्फ्युजन, अन्नौल जस्ता सिर्जना उत्पन्न गराउँछ जसको फलस्वरूप यस्ता डिप्रेसनको सिकार भइन्छ । नकारात्मक सोच भावनाले पनि एड्रेनलिन जस्ता हर्मोनको विकासले निराशजस्ता भावना उत्पन्न गराउँछ । आज एक जमात युवाहरू डिप्रेसन को सिकार छ्न यसको पछाडीको कारण हाम्रै शिक्षा प्रणालीको पनि दोष रहेको छ किन भन्नले हरेक व्यक्तिमा आ आफ्नै ष्लतभििष्नभलअभ हुन्छ सो इन्टेलिजेन्सअनुसार शिक्षा भइदिएन भने कन्फ्युजन सुरुवात हुन्छ र अधिक कन्फ्युजन ले डिप्रेसन को सिकार बनाइदिन्छ । र अर्को कुरा जीवनमा लक्ष नहुनुले पनि सिकार भइन्छ । लक्ष्य भएमा जीवनप्रति फोकस भइन्छ ।

डिप्रेसनबाट छुटकारा पाउन केही प्रयोगात्मक टिप्सहरू
१)पहिलो जीवनमा लक्ष्य बनाएर काम गर्नुपर्दछ

२) दैनिक १०–१५ मिनेट प्राणायमको अभ्यास गर्नुपर्दछ । किनकि यसो गर्नाले दिमागमा अक्सिजन पुगि ग्लुकोज जलि दिमागमा स्फूर्ति बढाउँछ जस फलस्वरूप दिमागले सिर्जनात्मक कार्य गर्न थाल्दछ ।

३) दैनिक आधा घण्टा वा एक घण्टा जति योग ध्यान को व्यायाम गर्नुपर्दछ । जसले शारिरिक तथा मानसिक स्वास्थ को लागि निकै लाभ पु¥याउँछ । योग प्राणायम ध्यान ले एन्डोर्फिन, डोपामिनजस्ता रसायन उत्पादन गर्नमा मद्दत पुग्दछ ।

४) सफल व्यक्तिहरूको आत्मकथाको किताब पढ्ने र व्यक्तित्व विकाससम्बन्धी किताब पढ्ने बानी बसाल्नुपर्छ । कम्तीमा पनि ४५ मिनेटको समय किताब अध्यनको लागि छुट्याउनुपर्छ । किताब अध्ययनले तपाइको भिजन र ज्ञानमा ठूलो परिवर्तन ल्याउछ ।

५) कुनै सामाजिक संघ सस्था वा समूहमा आफूलाई सामेल गराउने ।

प्रतिक्रिया