मलाम गएका ६५ को मृत्यु

बोर्नो । नाइजेरियामा बोको हराम लडाकु समूहको आक्रमणमा परि मलाम गएका ६५ जनाको मृत्यु भएको छ।

त्यहाँको सरकारी सञ्चारमाध्यमका अनुसार बोर्नो प्रान्तमा भएको एक अन्तिम संस्कारमा सहभागीहरूमाथि ‍गोली उनीहरुले चलाइएका थिए ।

प्रत्यक्षदर्शीहरूका अनुसार मोटरसाइकल र गाडीमा आएका बन्दुकधारीहरूले शनिवार बोर्नो प्रान्तको माइदुगुरीनजिकै रहेको गाउँमा उक्त आक्रमण गरेका हुन्।

त्यहाँ कैयौँ मलामीहरूको गोली लागेर मृत्यु भयो भने आक्रमणकारीलाई लखेट्दा अरूले पनि ज्यान गुमाए। उक्त क्षेत्रमा इस्लामवादी लडाकुहरूले केही समययता हिंसात्मक घटना बढाएका छन्।

प्रतिक्रिया