इराकमा भएको आत्मघाती बम विस्फोटमा १२ जना मारिए

एजेन्सी । लगातार भएको तीनवटा आत्मघाती बम विस्फोटमा परी इराकको राजधानी बगदादमा १२ जनाको ज्यान गएको छ भने दर्जनौँ घाइते भएका छन् । उक्त घटनामा ज्यान गुमउँनेको बढ्नसक्ने बताइएको छ ।

स्थानीय समयअनुसार पहिलो हमला हिजो बिहान ८ बजे काबुलस्थित सरकारी कर्मचारीहरुलाई बोकेको गाडीलाई लक्षित गरिएको थियो । इराकी गृह मन्त्रालयका प्रवक्ता नसरत रहिमीले दिएको जानकारी अनुसार मिनी बसमा भएको हमलापछि दोस्रोपटक आत्मघाती आक्रमण भएको हो ।

प्रतिक्रिया