यात्रा जिन्दगी

जिन्दगीलाई मानिसहरूले आफ्नै तरिकाले परिभाषित गर्ने गरेका छन् । कसैले यसलाई जात्राको संज्ञा दिएका छन् । प्रश्न उठ्छ के हाम्रो जिन्दगी जात्रा हो त ? सरसर्ती हेर्दा जात्राजस्तो नलागे पनि जिन्दगीका उकाली ओरालीमा आउने कम्पनहरूले यसलाई जात्रामय बनाइदिन्छ । जीवन जिउने क्रममा जिन्दगीरूपी गाडी अगाडि बढिरहेको हुन्छ । तर, के थाहा कि जिन्दगीको गाडी सधँै सहि दिशातर्फ नै दगुर्छ भनेर । कहिलेकाहिँ त सोच अनि यथार्थ फरक परिदिन्छ । अनि यस्तो अवस्थामा हामीले सोचेको कुरा विपरीत तरिकाले चलिदिन्छ । हामीले जे सोचेर जिन्दगीको गाडीलाई अगाडि बढाउँदछौँ त्यही कुरा नै विपरीत तरिकाले चलिदिएपछि जीवनको अस्तित्व जात्रा शिवाय अरू केही पनि बाँकी रहँदैन ।

वास्तवमा भन्ने हो भने जिन्दगी एउटा यात्रा हो । जब यात्राको कुरा उठ्दछ तब गन्तव्यले महत्वपूर्ण भूमिका खेल्दछ । यात्रा भन्ने वित्तिकै एक निश्चित ठाउँबाट अर्को ठाउँमा पुग्ने भन्ने बुझिन्छ र हामी जुन ठाउँमा पुग्दछौँ त्यहि नै गन्तव्य हुन आउँछ । गन्तव्यको ज्ञानले हामी सहि ठाउँमा आफूले सोचेको समयमा पुग्न सक्दछौँ । निश्चित गन्तव्यविनाको यात्रा भयो भने हामी कुन भिडमा रूमलिन्छाँै भन्ने थाहा हुँदैन । यो यात्राले हामीलाई कहाँ पुगेर ठक्कर दिन्छ भन्ने पनि थाहा हुँदैन । अनि यस्तो वेलामा यात्रा आफैँमा यात्रा नभै जात्रातर्फ मोडिन पुग्दछ ।

वास्तवमा भन्ने हो भने जिन्दगी एउटा यात्रा हो । जब यात्राको कुरा उठ्दछ तब गन्तव्यले महत्वपूर्ण भूमिका खेल्दछ । यात्रा भन्नेबित्तिकै एक निश्चित ठाउँबाट अर्को ठाउँमा पुग्ने भन्ने बुझिन्छ र हामी जुन ठाउँमा पुग्दछौँ त्यही नै गन्तव्य हुन आउँछ । गन्तव्यको ज्ञानले हामी सहि ठाउँमा आफूले सोचेको समयमा पुग्न सक्दछौँ । निश्चित गन्तव्य बिनाको यात्रा भयो भने हामी कुन भिडमा रूमलिन्छौँ भन्ने थाहा हुँदैन

यात्रा निरन्तर चलिरहने प्रक्रिया हो । एउटा सानो खोला पनि समुन्द्रलाई भेट्न आतुर हुँदै खहरेको रूपमा आफ्नो गतीलाई तीव्र बनाए हिँडेजस्तै हाम्रो जिन्दगीको यात्रा पनि । यो धर्तीमा पाइला टेकेकै दिनदेखि तीव्र गतिमा अगाडि बढ्दछ । जन्मेदेखि सुरु भएको हाम्रो यात्रा यो धर्तीबाट नअस्ताउन्जेल कायमै रहिरहन्छ । यो बीचमा हाम्रो सहयात्री भनेको सुखदुःख नै हुन्छ । सुखदुःख त जिन्दगी जिउने सवालमा एक सिक्काका दुई पाटा नै हुन भन्दा पनि फरक पर्दैन । हुन त सबैले आफ्नो जिन्दगीको यात्रा खुसीको बाटोतर्फ मोडिएको हेर्न चाहन्छन् । यसका लागि अनेक सपनाहरू बुन्दै आफ्नो यात्रालाई निरन्तरता दिन्छन ।

सपनाको संसार आफैँमा राम्रो छ र हामीलाई सपना देख्ने अधिकार पनि छ । कहिलेकाँहि जिन्दगीको मोडमा आउने अवरोधलाई छिचोल्न पनि हामी सुन्दर भविष्यको सपना देखिरहेका हुन्छौँ । हामीले देखेको सपना वास्तविकतामा परिवर्तन भएमा जिन्दगी नै हराभरा भई सुखी जीवनको खोजसहित अगाडी बढ्दछ । तर, हामीले देखेको सपना पानीको फोकाजस्तै बनेर फुटिदियो भने जिन्दगीको यात्राले दुःखलाई सारथी बनाउनु सिवाय अरू केही बाँकी हुँदैन । हतारको निर्णय अनि फुर्सदको पछुतोले पनि हाम्रो यात्रालाई यो मोडतिर धकेलिदिन्छ ।

जीवन छोटो भएपनि जिन्दगीको यात्रा भने लामो छ । यो यात्रामा हामीले सधैँ एउटै गन्तव्य अनि चिनेजानेको मान्छे मात्रै भेट्दछौँ भन्ने कुराको निश्चय छैन । यसका क्रममा हामी घरपरिवार बाहेक हजारौँ मानिसहरूसँग ठोकिन पुग्दछौँ । यस बीचमा कहिलेकाहिँ त आफ्नै आफन्त पनि पराय भएको हो कि भन्ने आभाष हुन्छ भने कहिलेकाहिँ परायामा पनि आफन्तको आभाष हुन्छ । आभाष जस्तो भए पनि सहि मार्गलाई पछ्याउन सके जिन्दगीको अध्यारो हटाउन झिलिमिली बत्तीहरू आफैँ बलिदिन्छन र हाम्रो मनको बँगैचामा ढकमक्क सयपत्री अनि मखमली फूलहरू फुलिदिन्छन । यात्रा आफैँमा संघर्षपूर्ण भए पनि सत्मार्गलाई अँगाल्न सकेमा ढिलोचाँडो सहि गन्तव्यमा पुग्न सकिन्छ र हाम्रो जीवन हराभरा बन्न पुग्दछ ।

जीवन जीउने क्रममा दुःखमा आत्तिने अनि सुखमा मात्तिने खालको प्रवृत्तिलाई हटाउनुपर्दछ । सधैँ हामीले सोचेको नै हुन्छ भन्ने पनि त छैन नि, होइन र ? जीवन यात्राका क्रममा आइपर्ने दुःखका काँडाहरूलाई पन्छाउँदै अगाडि बढ्न सकेमा मात्र पनि यात्रा सहज बनाउँन सकिन्छ । समयको परिवर्तनसँगै बाल्यकालमा हुने बालापन हट्दै जवानी जोस उर्लेर आउँछ र त्यहि जोस पनि केहि समयमा सेलाउँदै बुढ्यौलीपनले हामीलाई पछ्याउँदछ । कुम्हालेको चक्रजस्तै घुम्ने हाम्रो जीवनचक्रमा हरेक कुराको सामना गर्नुपर्ने हुन्छ । बाल्यकालदेखि सुरु भएको मानव जीवनको यात्रा बुढ्यौलीपनामा पुग्दा डाँडापारीको घाम बनी बस्ने काममा मात्र सीमित हुन्छ ।

जिन्दगीको यात्रालाई सहज बनाउने हो भने हामीले बाल्यावस्थादेखि नै सफल जीवनका सूत्रहरूलाई अनुशरण गर्न सक्नुपर्दछ । भनिन्छ नि बाल्यावस्था भनेको एउटा कुम्हालेले भाँडा बनाउन तयार पार्दै गरेको काँचो माटो जस्तै हो । यो माटोलाई जस्तो रूप दियो भाँडा पनि त्यस्तै बन्दछ । हामीले हाम्रा बालबालिकाहरूलाई पनि जस्तो बाटो हिँड्न सिकायो उनीहरू त्यही मार्गलाई पछ्याउने गर्दछन् । हुन त सधैँजसो हामी गुनासो गर्दछाँै कि हामीले सिकाएको बाटोमा हाम्रा बालबालिकाहरू हिँडेका छैनन् भनेर । यसमा बुझ्नुपर्ने कुरा के हो भने त्यो बाटोमा बच्चाहरूलाई मात्र हिँडाएर हुँदैन । हामी आफैँले पनि उक्त बाटोलाई पछ्याउँदै हाम्रा बालबालिकाहरूलाई सँगसँगै हिँडाउन सिकाउनु पर्दछ । बच्चाहरूलाईचाहिँ सिधा बाटो देखाउँन खोज्ने अनि आफूचाहिँ घुम्तीतिर मोडिन खोज्ने भयो भने पक्कै पनि उनीहरूले त्यही घुम्तीलाई पछ्याउन खोज्दछन् ।

अहिलेको परिवेशलाई नियाल्ने हो भने हाम्रा बालबालिकाहरूमा व्यवहारिक ज्ञानको कमी भएको कुरा प्रष्टैसँग बुझ्न सकिन्छ । जिन्दगी जिउने कलाकौशल सानै उमेरबाट सिक्दै गएन भने एक्कासि आउने सानो अवरोधले पनि जीवनलाई नकारात्मक मोडतर्फ धकेलिदिन सक्दछ । तर, यदि यहि कुरा सानैबाट जानकार हुँदै गएमा जिन्दगीको यात्रालाई सहज तरिकाले अगाडि डो¥याउन सकिन्छ र जीवन जिउने क्रममा आइपरेका सानातिना काँडाहरू आफैँ हटाउन सकिन्छ । यो कुरालाई मध्यनजर गर्दै अगाडि बढ्ने हो भने अनावश्यक कुराहरू बालबालिकाहरूलाई घोकाउन छोडी जीवनोपयोगीे सीपहरू सिकाउनुपर्ने देखिन्छ । जिन्दगीमा सहि मार्ग पछ्याउन आवश्यक पर्ने उपायहरूको ज्ञान उनीहरूलाई दिन सक्नुपर्दछ ।

यसरी जिन्दगी आफैँमा यात्रा भएको र जीवन यात्राका क्रममा आइपर्ने विभिन्न खालका चुनौतीहरूलाई सहज तरिकाले पार गर्न हरेक व्यक्तिले आफूलाई चाहिने कलाकौशललाई सानै उमेरबाट अनुशरण गर्दै जान मिल्ने वातावरणको व्यवस्था हुने हो भने समस्या केवल समस्यामा मात्र सीमित नरहने देखिन्छ । यी समस्याबाट पार भई नयाँ अवसरहरूको खोजी गर्न सकिन्छ । जीवन यात्राका क्रममा आइपर्ने अवसरहरूलाई राम्रोसँग सदुपयोग गर्न सकेमा मात्र जीवनको ज्योति चम्काउन सकिने भएकाले अमूल्य जीवनको सदुपयोग गरी जिन्दगीको यात्रालाई सजह बनाउनतर्फ अग्रसर होऔँ ।

प्रतिक्रिया