विद्यार्थीलाई पिटेर घाइते बनाउँने शिक्षक पक्राउ

पोखरा । गृहकार्य नगरेको आरोपमा विद्यार्थीलाई कुटपिट गर्ने पोखराका एक शिक्षक आज पक्राउ परेका छन् ।विद्यार्थीलाई कुटपिट गरेको आरोपमा पोखरा–२५ स्थित हेम्जा आवासीय विद्यालयका शिक्षक श्रीराम त्रिपाठीलाई पक्राउ गरिएको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सो विद्यालयमा अध्ययनरत १४ वर्षीय एक विद्यार्थीलाई यही साउन ५ गते कक्षा कोठा भित्रै कुटपिट गरेर घाइते बनाएको आरोपमा अभिभावकको जाहेरी परेपछि ती शिक्षकलाई पक्राउ गरिएको हो । घाइते विद्यार्थीे पोखरास्थित अस्पतालमा उपचार गरी घर फर्किसकेको बताइएको छ ।

प्रतिक्रिया