गुल्मीमा पहिरोमा पुरिएर २ को मृत्यु, ६ बेपत्ता

गुल्मी । सत्यवती गाउँपालिका–लिम्घामा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ । पहिरोमा ६ जना घाइते भएका छन् । दुई जनाको उद्धार गरिएको छ ।

राति खसेको पहिरोले घर भत्काउँदा ज्यान गएकाको परिचय खुलेको छैन । यस्तै, सत्यवती गाउँपालिकाको लिंघाको भिरकुनामा चार वटा घर पहिरोले पुरिएको प्रहरीले जनाएको छ । रिडी रुद्रबेनी र वामी टक्टर सडकखण्ड अवरुद्ध भएकाले प्रभावित ठाउँमा पुग्न समस्या भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया