इपिएलमा भिएआर हुने

एजेन्सी, लन्डन । प्रिमियर लिगका अन्तरिम निर्देशक रिचर्ड मास्टर्सले नयाँ सिजनबाट प्रयोगमा ल्याउन लागेको भिडियो सहायक रेफ्री (भिएआर)ले विवाद सिर्जना गर्ने बताएका छन् ।  भिएआर आउँदो सिजनबाट प्रिमियर लिगमा प्रयोग हुँदै छ । रूसमा सम्पन्न विश्वकपको वर्ष दिनपछि पहिलोपटक प्रिमियर लिगमा प्रयोगमा ल्याउन लागिएको हो । यसअघि अन्य केही प्रतियोगितामा भने प्रयोगमा ल्याइएको थियो । इंग्ल्यान्डमा भएको एफए कप, लिग कपसँगै च्याम्पियन्स लिगमा यो प्रविधिलाई प्रयोगमा ल्याइएको थियो ।

खेलको दौरानमा देखिएका केही सामान्य विवादलाई यो प्रविधि सहयोगी बन्दा फुटबलमा चमत्कार नै भएको थियो । जुन फुटबलमा सबैभन्दा सफल प्रविधिको प्रयोगमा रूपमा लिइएको छ । यही प्रविधिका कारण धेरै विवादित घटनाले सफल अवतरण पाएका छन् ।  ‘म पूर्ण रूपमा विश्वस्त छु । यो प्रविधिले समाधानसँगै केही विवाद पनि अवश्य निकाल्छ ।

किनकि, हामीले ठूलो निर्णय लिइसकेका हुन्छौँ र त्यसका लागि हामी तयारी पनि भइसकेका हुन्छौँ । तर, यसको निर्णय कहिले रेफ्रीको निर्णयमा हुन्छ त कहिले रेफ्रीको निर्णयविपरीत,’ अन्तिरिम निर्देशक मास्टर्सले भने, ‘हामीले अध्ययनका लागि दुई वर्ष बिताइसकेका छौँ । यसलाई प्रयोग गर्ने भनेर हामीले दुई वर्षअगाडि नै वाचा गरेका थियाँै । र नयाँ सिजनबाट यो प्रविधि प्रयोगमा आउँछ ।’

‘हामीले दुई वर्षको अवधिमा भिएआरको प्रयोगका लागि धेरै अभ्यास ग¥यौँ । व्यस्त तालिका विशेषतः शनिबार हुने खेलमा हामीले परीक्षण गरेका थियौँ । त्यसका लागि हामीले भिएआरका लागि कर्मचारीको अभ्यास पनि गरेका थियौँ । यो सफल हुन्छ, तब प्रयोगमा आउँछ,’ अन्तरिम निर्देशक मास्टर्सले थपे ।

अघिल्ला केही प्रतियोगितामा भएका त्रुटिलाई लिएर मास्टर्सले त्यति सन्तुष्टि लिएनन् । बढ्दो प्रविधि प्रयोग, विवादरहित खेल र लामो समयको अभ्यासपछि भिएआरलाई प्रयोग ल्याउन मास्टर्स तयार भएका छन् । यद्यपि, यसको प्रयोग धेरै गर्न नपर्ने गरी प्रतियोगिता सञ्चालन गर्नु नै राम्रो भएको मास्टर्सको बुझाइ छ ।

‘मेरो विचारमा विवादको समय क्लबका समर्थक गल्ति भएको या नभएको प्रष्ट हेर्न चाहन्छन् । त्यसका लागि पनि समयअनुसार प्रयोगमा ल्याउन लागेका हौँ,’ मास्टर्सले थपे, ‘यही प्रविधिमा भर पर्नुपर्ने अवस्था राम्रो होइन । यसले गर्दा इंग्लिस फुटबलको मोह नघटोस् । हामी प्रिमियर लिगमा केही नयाँ गर्न चाहन्छौँ । यसको कमीकमजोरीलाई रोक्दै हामी प्रयोगमा ल्याउने सोचमा पुगेका छौँ ।’

प्रतिक्रिया