शारीरिक सुगठन टोली चीन जाने

काठमाडौं । नेप्लिज फेडरेसन अफ बडिबिल्डिङ तथा फिट्नेसको २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली ५३औँ एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा सहभागी हुन बुधबार चीनको हर्बिन जाने भएको छ । जुलाई २६ देखि २९ तारिखसम्म हुने प्रतियोगिताको क्लासिक बडिबिल्डिङको १६३ सेन्टिमिटरमा रामहरि खनाल तथा ६५ केजीमा रामबहादुर दाहालले प्रतिस्पर्धा गर्नेछन् । उनीहरूलाई बडिबिल्डिङका प्रमुख प्रशिक्षक राजेन्द्र तुलाधरले प्रशिक्षण गराएको संघले जनाएको छ । अफिसियलमा संघका महासचिव अजय बज्राचार्य तथा पूर्वअध्यक्ष शिवलाल श्रेष्ठ रहेका छन् ।

दुवैले प्रतियोगिता दौरान हुने कोंग्रेसमा पनि सहभागी हुने बताइएको छ । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच सोमबार बिदाइ गरे । कार्यक्रममा सदस्यसचिव सिलवालले अस्तित्वमा रहेका दुई शारीरिक सुगठनलाई एक भएर आउन आग्रह गर्दै विभाजनले कसैलाई फाइदा नपु¥याउने बताए ।

प्रतिक्रिया