मुहार फेर्दै शुद्धोधन

बुटवल । पछिल्लो समय शुद्धोधन गाउँपालिका–२ को मुहार फेरिँदै गएको छ । स्थानीय तहको निर्वाचन भएपछि आएका जनप्रतिनिधि विकास निर्माणदेखि शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको विकासमा धमाधम काम गर्न थालेपछि वडाको मुहार फेरिँदै गएको हो । यस बीचमा वडालाई लागुऔषध र दुव्र्यसनी निषेधित क्षेत्र बनाउन लागिएको छ ।

शुद्धोधन गाउँपालिका–२ का वडाध्यक्ष विष्णुप्रसाद बस्यालले वडालाई दुव्र्यसनी निषेधित बनाउने गरी विभिन्न योजनाहरू अगाडि सारेको बताए । जनप्रतिनिधि भएर आएपछि आपूmले जनजाहना अनुरूप विकास निर्माण र जनतका पक्षमा काम गरेको बताउँदै अध्यक्ष बस्यालले वडामा रहेका बालक्लब तथा संवाद केन्द्रमार्फत लागुऔषधसम्बन्धी सचेतना जगाउने काम भइरहेको बताए ।

वडामा रहेका दुई वटा क्लबलाई समाज रूपान्तरणको रूपमा लागुऔषध निषेध र दुव्र्यसनी निषेधित क्षेत्र बनाउन परिचालन गरिएको उनको भनाइ छ । उनी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् । त्यस्तै वडा तहबाट हिरापुरदेखि गोपालपुरसम्मको बाटो कालोपत्रे गरिएको छ भने हिरापुर चोकदेखि बुटवल उपमहानगरपालिकाको सीमासम्म पनि एक किलोमिटर बाटो पनि भर्खरै कालोपत्रे गरेको अध्यक्ष बस्यालको भनाइ छ ।

उनले विद्युत् नपुगेका क्षेत्रहरू महुवारी गाउँ, कलुवा, गोपालपुर, हिरापुरमा विद्युत् पु¥याउन पोल र तार विस्तारमा जुटेको समेत बताए । त्यस्तै उनले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि बसहरू पनि ल्याउने तयारीमा रहेको बताए ।

शुद्धोधन गाउँपालिकामा १८ वटा सामुदायिक विद्यालय छन् । वडा–२ जिल्लाको बालमैत्री वडा घोषणासमेत गरिसकिएको छ । त्यस्तै वडालाई लागुऔषध र दुव्र्यसनी निषेधित क्षेत्र बनाउन आपूm लागिपरेको अध्यक्ष बस्यालले बताए । त्यसैगरी स्वास्थ्यचौकी निर्माण, स्वास्थ्यचौकीमा ल्याब सेवा, खानेपानीका लागि दुई वडामा बोरिङ गाड्ने योजना रहेको उनले बताए ।

प्रतिक्रिया